यौन आनन्दका प्यासी

568
  •  
  •  
  •  

काठमाडौं । सेक्स शारीरिक आवश्यकता हो। स्वस्थ शरीरका लागि मात्र नभई स्वस्थ मनका लागि पनि सेक्स आवश्यक रहेको विभिन्न अनुसन्धानले देखाइसकेका छन्। तर, कतिपयको मनलाई सेक्सले स्वस्थ बनाउनुको सट्टा उल्टो रोगी बनाइदिने गरेको छ। सेक्सप्रतिको अतिशय चाहनालाई यौन मनोविद्हरूले यौन रोगको संज्ञा दिने गरेका छन्। सेक्सको यस्तो लत छुटाउन उपचारविधि समेत पत्ता लगाइएका छन्।

फिल्मी क्षेत्रका हस्ती यौन मामिलामा अलिक उदार हुने भएकाले आफूलाई सेक्स लत भएरनभएको खुलासा गर्ने सवालमा पनि उनीहरू अगाडि छन्।

अमेरिकी गायिका तथा अभिनेत्री कर्टनी लभ लभले आफूमा कहिल्यै तृप्त नहुने यौन प्यास रहेको खुलासा गरेकी छिन्। ९ जुलाईमा ५० औँ जन्मदिवस मनाएकी लभले सेक्सबिना आफू बाँच्नै नसक्ने बताएपछि उनका फ्यान छक्क परेका थिए। उनकी २१ वर्षीया छोरी छिन्। श्रीमान् कर्ट कोबेनको निधन भइसकेकाले उनले कोबाट यौन तृप्ति हासिल गर्लिन् भन्ने जिज्ञासा स्वाभाविक रूपमा धेरैमा थियो। यस्तो जिज्ञासाको समाधान गरिदिँदै उनले भनिन्, ‘यौन भएन भने बाँच्नै नसक्ने भएकी छु। त्यसैले बाँच्नका लागि मैले केही थान सेक्स पार्टनरलाई निकट राखेकी छु । यौनलाई जीवनकै मुख्य प्राथमिकतामा आफूले राख्ने गरेको उनले बताएकी छिन्। चुम्बनप्रति आफूमा अझ बढी आशक्ति रहेको उनले बताइन्।

यौन भनेपछि हुरुक्कै हुने अर्का स्टार हुन्, माइकल डगलस। निर्देशनमा पनि दक्खल राख्ने उनी आफू सेक्स एडिक्ट भएको स्विकार्छन्। सन् १९९० मा उनले यौन लतको उपचार गर्न चिकित्सकको सहयोग लिएका थिए। तर, जताततै यो समाचार छाएपछि उनी तिनमा सत्यता नरहेको बताउँदै पन्छिन खोजेका थिए।

हालसालै डगलसको घाँटीमा क्यान्सर भएको पत्ता लागेको छ। क्यान्सर हुनुको कारण यौन लत भएको उनी स्वयंले स्विकारेका छन्। ‘हरेक महिलासँग ओछ्यानमा जाँदा मुखमैथुन मेरो प्राथमिकतामा रहने गरेको छ। मुखमैथुनका क्रममा योनीका भाइरस मेरो मुखमा छिरेर मलाई क्यान्सर भएको रहेछ, ६९ वर्षीय डगलसले बताएका थिए। हलिउड अभिनेत्री क्याथरिन जेटा–जोन्ससँग बिहे गरेका उनले ‘बेसिक इन्स्टिङ्टु र ‘फेटल अट्र्याक्सनुजस्ता सुपरहिट फिल्ममा अभिनय गरेका छन्।

बलिउड अभिनेता रणवीर सिंह पनि सेक्स मामिलामा बोल्न हिचकिचाउँदैनन्। केही समयअघि उनले आफ्नो पर्समा हमेसा कन्डम रहने गरेको बताएका थिए। जति बेला जहाँ पनि सेक्सको स्वाद चाख्ने अवसर आइलाग्न सक्छ भनेर कन्डम बोकेर हिँड्ने उनलाई एक कन्डम कम्पनीले ब्रान्डिङका लागि हायर गरेको थियो।

केही समयअघि उनले जीवनको मुख्य प्राथमिकतामा सेक्सलाई पनि राखेको बताएका थिए। ‘सेक्सलाई उच्च प्राथमिकता दिने गरेको छु। यसो भन्दा मलाई असहज महसुस भएको छैन। सेक्सले असहज महसुस गराउँदैन, चरम आनन्द दिन्छ,ु उनले भनेका थिए। आफ्नो यौन जीवन अत्यन्त सक्रिय रहेको समेत उनले बताएका थिए।
बेलायती अभिनेता ड्यानिएल क्रेग अहिले शान्त र संयमित देखिन्छन्। गुप्चतरीसम्बन्धी फिल्म र टेलिफिल्ममा अभिनय गरी ख्याति कमाएका डेनिएलको जीवन कुनै बेला सेक्सले आक्रान्त थियो। रासेल वेस्जसँग लगनगाँठो कसेका उनले किशोरावस्थामा आफ्नो दिमागमा यौनबाहेक केही नरहेको बताएका थिए।

‘हुन त बैँसमा सबैले यौनबारे सोच्छन्,उनले भनेका थिए, ‘तर, म अलिक बढी नै सोच्ने गर्थें। मेरो दिमागमा सेक्सबाहेक अरू केही कुरा आउँदैनथ्यो। जति बेला पनि मन युवतीको पेन्टीवरिपरि घुमिरहेको हुन्थ्यो।

यौन आशक्ति रहेका अर्का हलिउड अभिनेता हुन्, चार्ली सिन। उनी दुई श्रीमतीसँग डिभोर्स गरेर अहिले तेस्री श्रीमतीसँग जीवन गुजारिरहेका छन्। आफूमा यौन लत भएको उनी स्वयंले स्वीकार गरेका छैनन्। यद्यपि, उनीसँग संगत गर्नेहरूले भने यौनले उनी कहिल्यै नअघाउने गरेको बताउने गरेका छन्।

सन् १९९४ मा उनीबारे अदालतमा सुनुवाइ भएको थियो। जथाभावी मादकपदार्थ र ड्रग सेवन गरेकोदेखि घरेलु हिंसामा संलग्न भएकोसम्म आरोप उनीमाथि लागेका थिए। अदालती सुनुवाइका क्रममा उनले वेश्याहरूबाट आफूले यौन आनन्द लुट्ने गरेको स्विकारेका थिए। वेश्याहरूको सेवा पाउन आफूले ५३ हजार डलर खर्च गरिसकेको पनि उनले बताएका थिए।

अहिले पनि उनी यौन आनन्दका लागि घरबाहिर धाइरहेका हुन्छन्। नेकेड डान्स बारेमा फेला परिरहने यी ४८ वर्षीय अभिनेताले वेश्याहरूबाट सेवा लिने स्वभाव अझै त्याग्न सकेका छैनन्।

अमेरिकी अभिनेता, लेखक तथा फिल्म निर्माता डेभिड डुचोभ्नीले टीभी सिरियल ‘क्यालिफोर्निकेसनुमा अतिशय यौन चाहनाले ग्रस्त लेखकको भूमिका निर्वाह गरेका थिए। वास्तविक जीवनमा पनि उनी ‘सेक्स अब्सेस्डु रहेछन् भन्ने सन् २००९ मा खुलासा भएको थियो। त्यतिबेला उनीसँग श्रीमती टी लियोनी सम्बन्ध विच्छेद गरिन्। श्रीमतीबाट टाढिनासाथ डेभिडलाई उपचारका लागि सेक्स रिह्याबिलिटेसन सेन्टरमा राखिएपछि उनीमा रहेको यौन लतका कारण उनको बिहे टुटेको जानकारी सबैले पाएका थिए। रिह्याब सेन्टरमा केही समय बसेपछि उनको दाम्पत्य जीवन पुनः जोडिएको थियो।

सेक्स लतबाट प्रताडित अर्का अभिनेता हुन्, रसेल ब्रान्ड। कमेडी फिल्ममा अभिनय गरेर ख्याति कमाएका उनलाई यौन लतले धुरुक्कै रुवाएको रहेछ। जतिबेला पनि सेक्स गर्न मन लाग्ने र सेक्स गर्न पाएन भने छटपटी भएर काममा मन लगाउनै नसक्ने अवस्था आएपछि उनले उपचार गराएका थिए। यौनको तलतल मेट्न उनी वेश्याकहाँ धाइरहन्थे। एकैपटक १० जना युवतीसँग आफूले रमाइलो गर्ने गरेको उनले खुलासा गरेका थिए। ‘मेरो यौन चाहना यति प्रबल छ कि एकैपटक १० जना युवतीसँग रमाइलो गरेको छु,ु उनले भनेका थिए।


  •  
  •  
  •