श्रीमान विदेश भएकी अर्काकी श्रीमतीसँग यौनसम्बन्ध राख्दा

217
  •  
  •  
  •  

काठमाडौं २९ चैत ।
खोटाङमा परस्त्रीसँग अवैध सम्बन्ध राखेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। श्रीमान विदेशमा रहेका महिलासँग अवैध यौन सम्बन्ध राखेको आरोपमा दिक्तेल नगरपालिका–२ का ४८ वर्षीय तुलसीराम आचार्य पक्राउ परेका हुन्।

परस्त्रीसँग यौन सम्पर्क राखिरहेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेपछि आचार्यलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताए। आरोपितलाई हिरासतमा राखेर कानुनी कारबाही थालिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले आफूहरुबीच सहमतिमा यौन सम्बन्ध हुँदै आएको दाबी गरेका छन्। अहिले आचार्यविरुद्ध चलाइने कारबाहीको विषयमा कानुनी परामर्श लिने काम भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए। परपुरुषसँग सम्बनध राख्ने महिलाको जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक यादव गौतमले बताए।
नागरिकबाट


  •  
  •  
  •