यौन र विचलन

135
  •  
  •  
  •  

काठमाडौं १६ फागुन । भखैरै टिनएजमा प्रवेश गर्दै गरेका एक किशोरको मनोदशा । उनका बुबा कामको शिलशिलामा बाहिर गइरहनुपर्ने । त्यही मौकाको फाइदा आमाले उठाँउदी रहेछिन् ।

एक दिन दिउँसाे उनी घर आउँदा आमा त परपुरुषसँग संभाेगरत । त्यसपछि उनले भान्सामा गएर तरकारी काट्ने चक्कु ल्याएर ती परपुरुषलाई हानेछन् । तर, ती पुरुष ढोकाबाट निस्केर फुत्त भाग्न सफल भएछन् । गल्ती गर्ने आमाले पिटेपछि उनले घर छाडेर हिडेछन्, केही दिन । आमाको ब्याइफेन्डले पनि बारम्बार धम्की दिने ।

ती किशोर स्कुलमा मुर्छा पर्न थालेछन् । घर फर्केपछि आमा र आमाको ब्याइफेन्डले पिट्छ भन्ने मनोविज्ञानका कारण । स्कुलले ती किशोरलाई म कहाँ ल्याइदियो । आमाबाबुको सम्बन्ध बिग्रन्छ भनेर आफना आमाको चर्तिकला बाबुलाई सुनाएको रहेनछ ।

आत्मनिर्भर भइसकेकाले उसको आमासँग भेटघाट र बोलचालै छैन । राजकुमार दिक्पाल/अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •