स्टेसन गौरीघाट

608
  •  
  •  
  •  

sex
sex

काठमाडौं । ठमेलका अधिकांश मसाज तथा स्पाहरूमा यौनधन्दा हुने गरेको सबैलाई अवगतै छ। नयाँ बसपार्क, सुन्धारा तथा चाबहिलतिरका होटल तथा क्याफेहरूले पनि ‘सेक्स सप्लाई’ गर्ने कुरा नौलो होइन। यो बाहेकका यौन अखडा पत्ता लगाउने क्रममा गौशाला पुग्दा गौरीघाटको स्टेसनबारे सूचना प्राप्त भयो।

गौशाला, पिंगलास्थानका एक किरानापसलेले जानकारी दिए, ‘मलाई अरू त थाहा छैन। इन्द्रेणी होटलले थरीथरीका केटी सप्लाई गर्छ भन्ने मात्र जानकारी छ।’
इन्द्रेणी होटलमा पुग्दा त्यहाँका एक कर्मचारीले भने, ‘हामी त्यस्तो गर्दैनौँ। त्यस्तो चाहने ग्राहकलाई ट्याक्सीवालासँग सम्पर्क गराइदिन्छौँ। उनीहरूले रोजेरै पाइने ठाउँसम्म पुर्यातइदिन्छन्।’

नजिकैको पार्कमा भेटिए आफूलाई यो मामिलामा ‘खुंखार’ बताउने ट्याक्सीचालक। ‘कस्ता खालका, कति जना, कति मूल्यका चाहिए?’ प्रश्न गर्दै एक जनालाई फोन लगाइहाले, ‘राम्रा खाले चार वटा सामान छ?’
चारजना ‘सामान’ जुटाउन केही समय लाग्ने जानकारी दिएका उनले शुक्रवारकर्मीलाई ट्याक्सीभित्रै बसालेर इतिवृत्त सुनाए, ‘यो साइडमा नेपाली सामान खोज्ने इन्डियनहरू धेरै आउँछन्। अस्ति भर्खर मैले एउटा इन्डियनलाई मिलाइदिएको। २० हजार आइसीको सामान कस्तो थियो होला, भन्नुस् आफैँ।

त्यो इन्डियनले मलाई तीन हजार इनाम दियो। जस्ता भन्यो उस्तै पाइन्छन् गौरीघाटमा। अहिले यता गौशालातिरका क्याफे बन्द भइसके। ठमेलको भन्दा दामी केटी पाउने त्यही स्टेसन हो।’ उनले गौरीघाट स्टेसनको ‘लोकेसन’ पनि दिए।

त्यहाँ पुग्दा स्थानीयले एक क्याफे देखाउँदै त्यहाँ यौनकर्मीको लस्कर हुने गरको बताए। क्याफेभित्र छिर्दा चारजना केटाहरूबाहेक कोही थिएन। ‘कति जना चाहियो रे?’ सोध्छन् एकजना कर्मचारी, ‘म फोन गरेर कन्ट्याक्ट गराइदिन्छु।’
यहाँ त रोजेरै पाइन्छ रे नि, हो?

उनी भन्छन्, ‘पहिला थियो। धेरै किचकिच भएर हटाइदिएँ सब केटीहरू। पुलिस र गुन्डा पाल्नै नसकिने महँगा भए। अचेल खोज्न आउनेलाई फोनबाटै मिलाइदिन्छु।’ उनले इन्डियन ग्राहक भए अलि महँगो शुल्क लाग्ने बताउँदै चाबहिल, मित्रपार्क, गौशालातिरका धेरैजसो अखडा बन्द भएर फोनकै भरमा कारोबार चलाइरहेको जानकारी पनि दिए। शुक्रवारकर्मीको मोबाइल नम्बर लिएर ‘फिक्स भएपछि कल गर्ने’ भन्दै बिदा गरे।
केही घण्टापछि क्याफे सञ्चालकको फोन आउँछ, ‘चारजना दामी केटी मिले। होल नाइट पाँच हजार तिर्नुपर्छ एक जनाले। एकछिन हो भने तीन हजार जतिमा मिल्छ। उतै पठाइदिउँ कि लिन आउनुहुन्छ?’

स्टेसन गणेशस्थान

चाबहिल, गणेशस्थानको घरमा फ्ल्याट लिएर एउटी महिलाले सेक्स स्टेसन चलाइरहेको जानकारी प्राप्त भयो। फोनमा उनले ‘आउनुस् न यतै, छानेरै लानुस्’ भनिन्। यो स्टेसनका नियमित उपभोक्ताका अनुसार यहाँ उमेर समूहअनुसार ‘रेट’ तोकिएका केटी छानेर लान पाइन्छ। चाबहिल चोकमा पुगेर उनलाई फोन गरियो। उनले भनिन्, ‘प्रहरी र टोले गुन्डाको ल्याङल्याङले गाह्रो पार्यो । आज सकिएन। भोलि पक्का!’

आफूलाई पूजारी बताउने गणेशस्थान मन्दिरछेउका व्यक्तिले दिएको ‘लोकेसन’का आधारमा अर्काे अखडामा पुग्दा एक महिला भेटिइन्। ‘तपाईंलाई के सेवा गरौँ?’ उनले सोधिन्, ‘सबै खाले मोजमस्ती पाइन्छ।’ उनले फोन लगाइहालिन्। ‘कुन होटलमा बोलाइदिऊँ?’ उनले सोधिन्। एकछिनपछि भनेर टार्दै अरू जिज्ञासा राखियो, ‘फेस टू फेस’ भेटेर रोज्न पाइन्न?’ उनले भनिन्, ‘भेटेरै रोज्ने जमाना गए।

अब फोन कन्ट्याक्टकै भरमा काम हुन्छ। कोठी खोलेर प्रहरी र गुन्डालाई खुशी पार्न सकिन्न। फोनमै आनन्द।’ प्रहरी र गुन्डालाई खुशी पार्नुपर्ने बाध्यताले उनलाई पनि गाँजेकै छ। दुखेसो पोखिन्, ‘भनेको भन्दा घटाएर दिन्छन् ग्राहक। त्यही पैसा प्रहरीलाई खुवाउनु कि गुन्डालाई पाल्नु? हामी पालिनु कि केटीहरू पाल्नु?’ उनका अनुसार धेरै सेक्स स्टेसनको आयाम फेरिएको छ अहिले। पहिलाको जस्तो कोठी नै खोलेर बस्ने कम भइसके। ‘पीआरकै भरमा काम गर्ने हो,’ उनले सुनाइन्।
हाँडीगाउँको पुरानो स्टेसन एउटा होटलमा पुग्दा त्यहाँ पनि कोही यौनकर्मी भेटिएनन्। कारण थियो– फोनमा सीमित यौन व्यवसाय। ‘धेरै जम्मा पारेर व्यवसाय चलाउने दिन गए। अब जति ग्राहक आउँछन्। फोनबाटै सम्पर्क गराइदिन्छौँ। यसमै आनन्द छ,’ यहाँका सञ्चालकले पनि व्यवसायलाई मोबाइलमैत्री बनाइसके।
नागरिब/शुक्रबारबाट


  •  
  •  
  •