कारभित्रको यौनकार्यका कारण ट्राफिक जाम

325
  •  
  •  
  •  

स्प्रिंगफिल्ड, (एजेन्सी)
यौन र युद्धमा जे पनि हुन सक्छ भन्ने भनाइलाई हालै अमेरिकामा भएको एक घटनाले प्रमाणित गरेको छ।
निर्वस्त्र हुने डान्स क्लबको मज्जा लुटेपछि २४ वर्षकी युवती र उनका ३३ वर्षे प्रेमी कार पार्किङतर्फ लागे। शुरूमा त उनीहरू आफ्नो कार चलाएर घरतिर फर्किने सुरमा थिए। तर बैंसले कुत्कुत्याएको मनले मानेनछ। दुवै जना आफ्नो कारभित्र छिरेपछि ढोका लगाएर यौनक्रिडा गर्न थाले।

प्रमुख राजमार्गनजिकको पार्किङस्थलमा रहेको एउटा कारभित्र एक जोडी युवायुवती यौनक्रिडामा मस्त रहेको दृश्य सडकमा गाडी चलाउने तथा हिँड्नेहरूले देखिहाले।

आफ्नै आँखाअगाडि त्यस्तो दृश्य देखेपछि कसको मनले मान्थ्यो र⁄ गाडी चलाउनेहरूले पनि गाडीको गति कम गरेर एक झलक भए पनि हेर्न थाले र बटुवाहरू त अझ नजिकै उभिएरै हेर्न थाले। कारभित्रको यौनलीला हेर्ने गाडीचालकहरूले गाडीको गति कम गर्ने क्रम जारी हुन थालेपछि त्यहाँ ट्राफिक जाम भयो।
कारभित्रको यौनलीलाले ट्राफिक जाम भएका खबर प्रहरीकहाँ पुग्यो र तत्काल घटनास्थलमै प्रहरी आएर यौनलीलामा मस्त युवायुवतीमाथि हस्तक्षेप गर्नुपर्यो।

यो घटना अमेरिकाको ओरेगनस्थित स्प्रिंगफिल्डको हो। २४ वर्षीया केली एम नट्सन र ३३ वर्षीय लोगान ज्याक्सन बैंसमा मात्तिएर सार्वजनिक स्थानमै यस्तो लज्जाजनक कार्यमा उत्रिएका थिए।
कारभित्र यौनक्रिडा गरिरहेको बेलामा प्रहरीले रंगेहात पक्रेका उनीहरूले प्रहरी आएर कारको ढोका ढक्ढकाएपछि मात्र आफ्नो यौनकार्य बन्द गरेका थिए। प्रहरीले उनीहरूलाई सार्वजनिक स्थलमा अश्लीलता फैलाएको आरोपमा पक्राउ गरेको छ।


  •  
  •  
  •  

Comments are closed.