यौन सम्पर्कमा रम्दैछन् विश्वविद्यालयका विद्यार्थी

85
  •  
  •  
  •  

काठमाडौं, एजेन्सी : बेलायतमा एक सर्वेक्षणका क्रममा विभिन्न विश्वविद्यालयमा अध्ययनरत छात्रछात्राहरु यौनसम्पर्कमा रम्दै गरेको तथ्य प्रकाशमा आएको छ । उनीहरु अलग–अलग पार्टनरका साथ यौनसम्पर्कको आनन्द लिदैं आएको सर्वेक्षणमा उजागर भएको हो ।

यस्तो गतिविधिमा ब्राइटन युनिभर्सिटीले सबैलाई उछिनेको छ । त्यहाँ डिग्री तहको अध्ययनमा रहेका युवायुवतीले यौनसम्पर्कलाई पनि उत्तिकै महत्व दिने गरेका छन् ।

सो विश्वविद्यालयमा औसतमा एकजनाले १० जनासँग यौनसम्पर्क राखेको पाइएको छ ।
लन्डनका अन्य प्रख्यात विश्वविद्यालयको अवस्था पनि उस्तै छ । चेस्टर र लिभरपुल युनिभर्सिटीमा पनि औसतमा एकजनाले नौ जनाभन्दा बढीसँग यौनसम्पर्क राखेको तथ्य प्रकाशमा आएको छ ।
सोलेन्टन, क्वीन मेरी विश्वविद्यालयमा सरदर एकजनाले आठ जनासँग यौनसम्पर्क राख्ने गरेको पाइएको छ भने अक्सफोर्ड, अक्सफोर्ड ब्रुक्स ब्रिस्टल लगायतका विश्वविद्यालयमा पनि सात भन्दा बढीसँग यौनसम्पर्क राख्ने गरेको पाइएको छ ।

  •  
  •  
  •