पति विदेशमा पत्नी नेपालमा यौन धन्दामा!

113
  •  
  •  
  •  

चितवन २९ भदौ ।  चितवनमा अवैध यौनकार्यमा लागेको अभियोगमा प्रहरीले ४३ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा अधिकांश पति विदेशमा रहेका महिलाहरू छन् ।

भरतपुरको नारायणगढ बसपार्क र केन्द्रीय बस टर्मिनल आसपास क्षेत्रका होटलहरूमा अवैध यौनधन्धा गरेको आरोपमा ४३ जनालाई पक्राउ गरिएको हो । स्थानीयको गुनासो आएपछि होटेलहरूमा छापामारी अवैध यौनधन्धामा संलग्न महिला तथा पुरुषलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

अवैध यौनधन्धा हुने गरेको गुनासो बढेपछि प्रहरीले शनिबार दिनभरि विभिन्न होटलहरूमा छापामारेको हो ।


  •  
  •  
  •