१२ वर्षमै यौन अनुभव

227
  •  
  •  
  •  

काठमाडौं २१ भदौ ।
हामी नुवाकोट थानसिङका लोहनीहरू। राज्यसत्तासँग पहिल्यैदेखि नजिकको सम्बन्ध थियो, हाम्रा पितापुर्खाका। अहिले पनि बौद्धिक र राजनीतिक क्षेत्रबाट हामीले आआफ्नो स्थानबाट कर्म गरेकै छौं, योगदान दिएकै छौं।

इतिहासतिर फर्कंदा १८५२ सालमै किलागलमा हाम्रो घर बनिसकेको रहेछ। हाम्रा पुर्खामध्ये पशुपति लोहनीका दुई छोरा भएछन्। तीमध्ये एकजना किलागलमै बसे भने एकजना ज्ञानेश्वर आएर बसेछन्। हामी चाहिँ ज्ञानेश्वर आएर बस्ने पद्‌मनाथ लोहनीका सन्तान पर्‍यौं।

पद्‌मनाथ अर्थात् मेरो बराजु। उनी त्यस जमानाको शक्ति केन्द्रको नजिक पुगे। उनको राजगुरुज्यू पण्डित विजयराज पाण्डेकी नातिनीसँग विवाह भयो। पण्डित विजयराज कोतपर्वको बेलाका शक्तिशाली व्यक्ति।

उनको नातिनी ज्वाईं भएपछि पद्‌मनाथले दरबारबाट राम्रै अवसर पाए। उनी नुवाकोटको विचारी बनाइए। पछि गुरुज्यू पल्टनका कप्‍तान पनि बने। उनको ठूलो रवाफ थियो रे त्यसबेला।

पद्‌मनाथका एकैजना छोरा भए रुद्रप्रसाद। उनकी दुईजना श्रीमतीबाट आठजना छोरा भए। ती आठजनाका छोराहरूमध्ये म सबैभन्दा जेठा। पहिले प्राज्ञिक अनुसन्धानमा थिएँ, पछि विश्‍वविद्यालयमा पढाएँ।

तर पहिचान चाहिँ साहित्यकारको भयो, त्यसमा पनि यौन साहित्यको क्षेत्रमा मेरो नाम कहलियो। म ढाँट्ने मान्छे होइन, समाजमा यौनसम्बन्धी विविध पक्ष जे देखियो, जे भोगियो त्यसलाई इमानदारीपूर्वक मेरो लेखनमा प्रतिविम्बित गर्ने गरेको छु।

हाम्रो ज्ञानेश्‍वरको घर नै ठूलो कम्पाउन्डमा बनेको छ। दुई रोपनीमा फैलिएको जग्गामा घर छ। त्यो घरको चहलपहल नै ठूलो। वातावरण नै रवाफिलो मात्रै होइन, खुला पनि।

गजबको स्वतन्त्रता थियो। तीनजना त भान्से बाहुनमात्रै थिए। हरेक दिन एक सय जनाको खाना पाक्थ्यो। धाईआमाहरू थिए। उनीहरूका छोरीहरू थिए।
खोइ कताबाट आउँथे कुन्‍नि प्रशस्तै महिलाहरू थिए। हाम्रै घरबाट विवाह गरेर पनि जान्थे। कोही जन्मिरहेका हुन्थे। बज्यैले कमारीहरू पनि प्रशस्तै किन्‍नु भएको थियो।

हाम्रा परिवारबाहेक हाम्रा घरमा बस्ने महिलाहरूमध्ये आमाहरू जति माथिल्लो तलामा बस्थे भने उनीहरूका छोरीहरू मुनिका छिँडीमा। दौतरी मिल्ने केटीहरूसँग हामीलाई जिस्कनुपर्ने। खुल्लमखुल्ला जिस्कन्थ्यौं।

हाम्रा बुबा, काकाहरू पनि खुब जिस्कन्थे, आफ्नो उमेर मिल्नेहरूसँग। ढाँटेर केही हुनेवाला छैन सत्य कुरा बोल्नुपर्छ, हाम्रा काकाबाबुहरूको यौनसम्बन्ध आफ्नो उमेर मिल्ने महिलाहरूसँग थियो। यसका प्रत्यक्षदर्शी हामी आफैं हौं।

बुबा, काकाहरूको यस्ता क्रियाकलापले हामीलाई पनि प्रभावित बनाउने नै भयो। हामी पनि धाईका छोरीहरूसँग जिस्कन्थ्यौं, तल्लो छिँडीमा। हामी उनीहरूलाई समात्थ्यौं। संवेदनशील अंगमा पनि हात पुग्थ्यो। यस्तो बेला उनीहरू आफ्नी आमालाई पोल लगाउन जान्थे।

तर उनीहरूका आमा उल्टै उनीहरूलाई हप्काउँथे,’चुप लाग्, यस्तो केही पनि भएको छैन।’ यसको अर्थ उनीहरूका आमाहरू पनि आफ्नी छोरीलाई यौनका सवालमा उदार बनाउन चाहन्थे। यस्तो उदारता सानैदेखि देखियो, भोगियो।

घरको कम्पाउन्डमा परालको ठूलो कुन्यु थियो। म आफूलाई मन परेको केटीसँग जिस्कँदै त्यहाँ पुग्ने गर्थें। १२ वर्षको उमेर थियो। यौन अनुभूतिहरू आउने उमेर हो त्यो। कतिसम्म भने धाईका छोरीहरू आफैं जिस्कन हामीकहाँ आउँथे। कस्तो भने धाईहरू पनि छोरीहरूलाई ‘जाओ खेल्न’ भन्दै हामीकहाँ पठाइदिने।

खेल्न जाने भन्दै हामी गोप्य रूपमा कुन्युमा पुग्थ्यौं। दुवैजना कपडा फुकाएर सर्वाङ्ग भएर हेराहेर गथ्यौं। त्यहीँ परालको कुन्युमा पाँचजना जतिसँग यौनसम्पर्क भयो, १२ वर्षकै उमेरमा। तर त्यतिखेरको यौनसम्बन्धको स्वाद वा अनुभूति अहिले भन्‍न सक्दिनँ। त्यो कच्चा उमेर थियो। कस्तो भयो, कस्तो? जेहोस्, त्यो सानो उमेरमा म कुमार रहिनँ।

हाम्रो घरमा भान्सेहरू पनि उत्तिकै सक्रिय। एक दिनको कुरा सम्झन्छु, म खेल्दाखेल्दै भान्से बाहुन बस्ने कोठामा पुगेँ। त्यहाँ एकजना महिला पनि थिइन्। ती भान्सामै काम गर्ने हुन् वा धाई थिई, म भन्‍न सक्दिनँ। उनीहरूले म फुच्चेलाई डर देखाए। लोभ पनि देखाए क्यार। उनीहरूले मलाई भने,’चुपचाप लागेर बस्ने, आँखा चिम्म गरेर बस्ने।’ उनीहरूले जसो भने त्यहीँ गरेँ।

केटाकेटी मान्छे, धेरै बेरसम्म त आँखा चिम्लेर बस्दा गाह्रो भयो। आँखा खोलेर हेर्दा त दुवैजना नांगै छन्। एकआपसमा अँगालोमा बाँधिएका छन्। अहिले सम्झँदा उनीहरू सहवासमा रहेछन्। त्यो भान्से बाहुन अलि फटाहा भएको गुनासो बज्यैकहाँ पुग्यो। त्यसपछि उसको जागिर चट्। मोराले तीनजनालाई पेट बोकाएको थाहा भयो।

यी सबै क्रियाकलाप कसरी हुन सक्यो होला भन्‍न खुल्दुली तपाईंहरूलाई लाग्ला। यी सबै शक्तिको करामत थियो। हाम्रो परिवारमा आर्थिक, राजनीतिक र बौद्धिक शक्ति थियो। हाम्रा घरमा विजयराज पाण्डेसँगको वैवाहिक सम्बन्धका कारण राजनीतिक शक्ति थियो।

बुबा, काका सबै पढेलेखेका। आर्थिक हैसियत पनि सुदृढ थियो। हाम्रो घरमा बस्ने चाहे धाई हुन् वा कमराकमारी कोही भोको नांगो बस्न नपर्ने। सुविधा पाएकै थिए। संरक्षण पाएकै थिए। यी सबै भएपछि वा शक्तिशाली भएपछि यौन भन्‍ने कुरा त सामान्य लाग्दो रहेछ।

यौन साहित्य लेखन र बहस गर्ने सन्दर्भमा म अग्रपंक्तिमै छु भन्‍ने मलाई लाग्छ। परिवारका सदस्यहरूले पनि मलाई यसमा खुला छाडिदिएकै छन्। अहिले हामी सबैजसो दाजुभाइका छोराछोरी अमेरिकामा छन्। उतै पढे, उतै बढे, उतै बसे।

एक दिन अमेरिकामा मलाई घुमाउन मेरा छोराले एक ठाउँमा लिएर गयो। एउटा क्लब रहेछ, १० डलर तिरेर छिर्न पाइने। ओहो, केटीहरू नाचेका छन्, एक धरो वस्त्र छैन, शरीरमा। मोजामात्रै लगाएको छ। नाच्ने, छेउमा आउने यौनांग देखाउने।

मोजा चाहिँ किन लगाएको रहेछ भने त्यहाँ आउने सेवाग्राहीले दिएको टिप्स राख्नलाई पो रहेछ। नांगै नाच्दा रहेछन्, कुरा मिले ग्राहकसँग यौनसम्पर्कका लागि जाँदा रहेछन्।

यस्तै लसभेगासको एउटा क्लबमा पुगियो। त्यहाँ त प्रत्यक्ष रूपमा केटा र केटी यौनसम्पर्क गर्दा रहेछन्, सेवाग्राहीले त्यसलाई हेरेर मनोरञ्जन लिनुपर्ने। हामीले पनि मनोरञ्जन लियौं। त्यहाँ एउटा अनुशासनमा रहेर यौनलाई खुला राखिएको छ।

अमेरिका जस्तै नेपालमा पनि त्यस्तो मनोरञ्जन लिन सकिने ठाउँ छ कि भन्दै खोजियो। एकजना साथीले मलाई त्यस्तो ठाउँमा लिएर गयो, त्यो देख्दा अब नेपालमा पनि यौन विषय अमेरिकामा जस्तै खुला हुँदैछ। म त्यस्तो ठाउँमा पुगेँ, जहाँ भिन्‍नै किसिमको यौनको स्वाद पाइयो।

१० जना जतिको समूह मिलेर जानुपर्ने रहेछ, त्यो गोप्य ठाउँमा। मान्‍नुस् न त्यो रेस्टुरेन्ट हो, विभिन्‍न परिकार पाइने। तर विभिन्‍न परिकारको स्वादसँगै ठूलो स्क्रिनमा ब्ल्यू फिल्म पनि हेर्न पाइने।

महिला वेटरहरू कस्ता भने उनीहरूको संवेदनशील अंग छोप्न अति छोटो र त्यसमा पनि पूरै पारदर्शी कपडाले लगाइएको। ती वेटरहरू पनि यौनसेवा दिन तयार। लैजान परे लैजान पाइने, तोकिएअनुसारको शुल्क तिरेर। यस्तो ठाउँमा ठूला कारोबारी तथा धनी व्यक्तिहरू मनोरञ्‍जनका लागि जाने रहेछन्।

हामी २००८ सालमा ज्ञानेश्वरबाट धोबीधारा सर्‍यौं। ज्ञानेश्‍वरका यौनसम्बन्धी अनुभव मेरो मनसपटलमा ताजै थियो। मेरो बुबा होमप्रसादले मलाई भन्नुभयो,’सरकारी जागिर नखानू, राजनीति नगर्नू, बरु साहित्यकार हुनू।’

उहाँ आफू चाहिँ सहायक अञ्‍चालाधीश हुनुहुन्थ्यो। दरबारले उहाँसँग प्रशस्तै कानुनी परामर्श लिने गरेको मलाई थाहा छ। मैले विश्‍वविद्यालयमा पढाएको त, कमलप्रसाद मल्लको करकापले गर्दा हो।

पछि म गोविन्दप्रसाद लोहनीको संगतमा पुगेँ। उहाँले नै मलाई साहित्यमा लाग्ने थप उत्प्रेरणा दिनुभयो। बुबाले नै हो, मलाई ज्ञानेश्‍वरको घरमा हुँदाको यौन वातावरणमा आधारित भएर यौन साहित्य लेख्‍न उप्रेरित गर्नुभएको। यस्ता साहित्य बाँचुञ्‍जेल लेखिरहुँला। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •