यौनलिला गर्ने अभिनेत्री प्रहरीको फन्दामा

634
  •  
  •  
  •  

काठमाडौं १९ भदौ (एजेन्सी) : भारतीय चर्चित अभिनेत्री स्वेता बसु प्रसाद पक्राउ परेकी छन् । एक धनाढ्यसँग यौनलिलामा व्यस्त उनलाई प्रहरीले एक होटलमा शारीरिक सम्बन्ध राख्दै गरेको अवस्थामा पक्राउ गरेको भारतीय संचार माध्यममले जनाएका छन् ।

२३ वर्षीय नायीका श्वेतालाई हैदारावदको बन्जारा हिल्समा छापा मारी पक्राउ गरेको हो । उनीसँगै केही उच्चस्तरका व्यापारीहरूलाई समेत प्रहरीले सो होटेलबाट पक्राउ गरेको हो ।
श्वेताले सानै उमेरमा नै सफलता हात पारेकी थिइन् । उनले थुप्रै हिन्दी चलचित्र, टेलिसिरियल र तेलगु फिलममा समेत अभिनय गरेकी छन् । मकडीनामक चलचित्रमा समेत राम्रो भूमिका पाएकी थिइन् । उनले सन् २००२ मा नेशनल अवार्डमा बेष्ट चाइल्ड आर्टिष्टको अवार्ड समेत हात पारेकी थिइन् ।

नायीका श्वेताको नाम वेश्यावृत्तीसँग जोडिएको यो पहिलो पटक भने होइन । प्रतिवेदनहरूका अनुसार मकडीकी नायीका श्वेताले पैसाका लागि वेश्यावृत्तीमा हात हालेको अनुमान गरिएको छ । स्वेताले भारतका धेरै नायिकाहरु बेस्यावृत्तिमा लागेको बताएपनि नाम भने सार्वजनिक गरिनन् ।

एकता कपुरको ‘कहानी घर घर की’ नामक चर्चित सिरियलमा अभिनय गरेकी छिन् । स्वेताको साथमा केही चर्चित धनाढ्य व्यापारी समेत पक्राउ परेका छन् ।


  •  
  •  
  •