समलैंगिकता र चरमोत्कर्ष

234
  •  
  •  
  •  

पुरुषसँग यौनसम्बन्ध राख्नेहरूको दाजोमा समलिंगी (लेस्बियन) महिलाहरू चरमोत्कर्ष पाउनमा निकै अगाडि छन्। ‘सेक्सुअल मेडिसिन’ मा प्रकाशित पछिल्लो अध्ययनमा यस्तै दाबी गरिएको छ।

यो अध्ययनमा २१ देखि ६५ वर्ष उमेर समूहका महिला र पुरुष गरी २ हजार ८ सय ५० जनालाई सामेल गरिएको थियो। तिनमाथि अध्ययनपछि अनुसन्धाताहरूले भनेका छन्- विपरीतलिंगी सहवासका बेला औसत रूपमा ८५ प्रतिशत पुरुषले चरमोत्कर्ष प्राप्त गर्ने गर्छन्। महिलाको मामिलामा भने यो दर ६३ प्रतिशत छ।

उता, लेस्बियन सम्बन्धमा रहेका महिलाहरूमा भने ७५ प्रतिशतले चरमोत्कर्ष प्राप्त गर्ने गरेका छन्। त्यसै गरी, पुरुष र महिला दुवैसँग सम्बन्ध राख्नेमध्ये ५८ प्रतिशत त्यो अवस्थामा पुग्ने गरेका छन्।

अध्ययन अनुसार, लेस्बियनहरू महिलाको शरीरको हरेक खण्डसँग परिचित हुन्छन्, जसले उनीहरूमा उत्तेजना जगाउँछ। यसै कारणले उनीहरू आफ्ना महिलासाथीलाई चरमोत्कर्षमा पुर्‍याउन उपयुक्त राम्रो साबित हुन्छन्। चरमोत्कर्ष प्राप्त गर्ने मामिलामा पुरुषभन्दा महिला अगाडि हुन्छन्।


  •  
  •  
  •