सम्बन्ध लुकाउन सासुको हत्या

506
  •  
  •  
  •  

काठमाडौं १६ भदौ ।
परपुरुषसँगको अवैध शारीरिक सम्बन्ध लुकाउन एक बुहारीले सासूको हत्या गरेको घटना खुलासा भएको छ ।
जिल्लाको सेढवा २ की ४२ वर्षीया सासू आशादेवी (खनाल) पासवानको २० वर्षीया बुहारी रिन्कु (खनाल) पासवानले पुरुष साथीको सहयोगमा हत्या गरेको प्रहरी अनुसन्धानपछि जनाइएको छ ।
रिन्कुलाई प्रहरीले पक्राउ गरेको छ ।उनका सहयोगी भने फरार छन् । भदौं १२ गते बिहान आशाको शव घर नजिक परसवा खोलाको कासँघारीमा धारिलो हतियारले घाँटी रेटेर फालेको अवस्थामा फेला परेको थियो । घरबाट घिर्सादै शव लगिएकाले प्रहरीले रिन्कुमाथि प्रारम्भिक शंका व्यक्त गर्दै अनुसन्धान गरेको थियो ।
प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार मृतकसहित स्थानीय एक व्यक्तिको सम्बन्ध रहेको थियो । आशा पुर्वप्रहरी परिचर अर्जुन खनालकी पत्नी रहेको तर दुबै केही वर्षयता भिन्दै बस्दै आएका थिए । अजुस्न अहिले नवलपरासीमा बस्छन् । यसअवधिमा आशाले स्थानीय पासवान थरका १ पुरुषसँग विवाह गरेकी थिइन् ।
अर्जुन र आशाका छोरा सुरज वैदेशिक रोजगारीका लागि ४ महिनाअघि कतार गएका थिए । त्यसपछि रिन्कुसँग ती पुरुषको शारीरिक सम्बन्ध कायम रहेको खुलेको छ ।
आशाले स्थानीय एक पासवान थरका पुरुषसँग विवाह गरेकी थिईन । आशाका छोरा सुरज वैदेशिक रोजगारीका लागि ४ महिना अघि कतार थएका थिए । त्यसपछि रिन्कुसँग ती पुरुषको शारीरिक सम्बन्ध कायम रहेको खुलेको छ । कान्तिपुरबाट


  •  
  •  
  •