महिलाहरुको यौन आनन्दको लागि कामुक विचार आवश्यक !

301
  •  
  •  
  •  

काठमाडौं, २६ साउन (एजेन्सी) : यौन क्रियाप्रति कम रुची हुने महिलालाई यौन आनन्द बढाउन तथा चरमोत्कर्षमा पुग्न आफ्नो सौन्दर्य र कामुक विचार मनमा ल्याउन जरुरी हुने एक अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरुले यौन क्रियाकलाप गर्दा चरम आनन्द प्राप्तगर्ने महिलाहरु यौन क्रियाप्रति कम इच्छा भएका महिलाभन्दा आफ्नो विचारमा यौनको बारेमा ज्यादा सोच्छन् । यो अध्ययन १८ देखि ६७ वर्षका महिलामाथि गरिएको थियो । अनुसन्धानका क्रममा सबै महिलाहरुलाई यौन आनन्द लिँदा महिलाको विचार, मनोभावना र स्वाभावको विषयमा प्रश्न सोधिएको थियो ।

अध्ययनले आफ्नो निष्कर्षमा महिलाहरुको सहवास गर्दा चरम सुख प्राप्त गर्न नसक्नुको कारण कामुक विचारको कमी भएको बताएको छ । साथै अनुसन्धानका क्रममा केही महिलाहरु जो सहवासको क्रममा चरमखुश प्राप्त गर्न सक्दैनन, उनीहरुमा यौन सम्बन्ध कायम गर्दा केही यस्ता विचार आउँछ जसलाई यौन सम्बन्धप्रति कुनै वास्ता हुँदैन् ।

बेल्जियमकाु युनिवर्सिटी अफ लाउवेनका प्रोफेसर पास्कल डे सूटरले भने,‘मलाई आशा थिएन, महिलाहरुमा चरमोत्कर्षकोसंज्ञानात्मक इच्छा यति महत्वपुर्ण हुन्छ ।’उनका अनुसार शरीर र वजनको चिंता ले पनि यौन सशवास गर्ने समयमा महिलाहरुको ध्यान अन्यत्र नै मोडिन सक्छ ।


  •  
  •  
  •