श्वेता भन्छिन ‘म बुहारी होइन छोरी भएर बस्नु चाहन्छु’

160
  •  
  •  
  •  

केही समय अघि पति गुमाएकी शवेताले आफु बुहारी होइन छोरी भएर बस्ने इच्छा व्यक्त गरेकी छिन् । आफु पिडामा रहँदा घरपरिवारले गरेको माया र दिएको साथप्रति कृतज्ञता व्यक्त गर्दै श्वेताले फेसबुकमार्फत यस्तो इच्छा प्रस्तुत गरेकी छिन् ।

आफ्नो जन्म घरबाट अलग्गिएर अर्को नयाँ घरमा कर्म बनाउन जाने नेपाली नारीहरुको पहिचान हो र म पनि आफ्नो पति परमेश्वरको पछि लागेर आफ्नो नया जिन्दगी बसाल्न अनेकौं सपनाहरु बुनेर नयाँ  घरमा कर्म बसाल्न पुगे ।

एउटा नारीले आफ्नो प्राण  भन्दा प्यारो आफ्नो मुटु , आफ्नो भगवान , आफ्नो स्वामी गुमाउनु पर्दा आफुले जिन्दगीमा सर्वश्व  गुमाएको अनुभुती हुनेरहेछ र आँफु जिउँदो भएपनि मरेको लाश सरह बाँच्नु पर्दो रहेछ  ।

आफ्नो श्रीमान गुमाएको पिडा केवल नारीलाई मात्रै नभएर त्यो घरको सारा परिवार ( दाजु , भाई , आमा  अन्य सदस्यहरुमा पनि खपि नसक्नु हुन्छ  ।

swetas family

 

 

 

 

 

 

 

 

तर पनि आज म छट्पटाउदा मलाई उहाँहरुले आफ्नो पिडा सबै लुकाएर मलाई समाल्न शक्ति प्रदान गर्नु भएकोमा म आभारी बनेकी छु  ।

यो यथार्थ थियो होला कि मैले उहाँहरुका कतिपय कुराहरु नकारे होला ,
कतिपय अवस्थामा उहाँहरुलाई घमण्ड जिद्दी गरे होला , तर पनि उहाँहरुले मलाई कहिलेई मेरो कमजोरी नदेखाई , मलाई आफ्नो जन्म घर छोडेर पराई घर आएको महसुश हुन दिनु भएन ।

मलाई सधै आफ्नै छोरी , बहिनि सम्झेर उहाँहरुले गरेको मायाँ र साथलाई म मेरो खुल्ला हृदयबाट तारिफ गर्न चाहन्छु  । म बाट बितेका दिनहरुमा मैले अन्जानमा कसैको मन दुखाएको भए यहि सन्देश मार्फत माफि माग्न पनि चाहन्छु  ।

हजुरहरुको मायाँ र साथलाई म मेरो भित्रि मन देखि धन्यबाद ज्ञापन  गर्छु र म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असल छोरी बहिनि भएर हजुरहरुको इज्ज़त राखेर अगाडी बढ्ने प्रयाश गर्दछु  ।

आउने दिनहरुमा म बाट केहि गल्तिहरु हुन पुगेमा हजुरहरुले मलाई सुधार्ने मौका दिनुहुनेछ र मलाई सधै आफ्नै छोरी बहिनिको दर्जामा राखिदिनुहुनेछ भन्ने कुरामा म बिस्वस्त छु ।


  •  
  •  
  •