इन्डोनेसियामा श्रृंखलाबद्ध बम बिस्फोट

223
  •  
  •  
  •  

blast in indonesiaकाठमाडौँ, ३० पुस(ओएनएस) : इन्डोनेसियाको राजधानी जाकार्तामा श्रृंखलाबद्ध बम विस्फोट भए‍का छन् । उक्त बम बिस्फोटका कारण कम्तिमा २ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बम बिस्फोट राष्ट्रपति भवन र संयुक्त राष्ट्र संघको कार्यालय नजिकै रहेको सारिनाह सपिङ सेन्टरमा भएको बीबीसीले जनाएको छ । बिस्फोटपछि गोली समेत चलेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

संयुक्त राष्ट्र संघका एक कर्मचारी जेरेमी डग्लासले गोली केहीबेरसम्म चलिरहेको बताएका छन् । डग्लासले एक बम बिस्फोटबाट करिब १ सय ५० मिटर मात्र टाढा रहेको बताएका छन् । उनले बम बिस्फोटको आवाज सुनेपछी आफूहरू घरभित्र छिरेको र त्यहाँबाट आफूहरूले तीन, चार हुँदै ६ पटकसम्म बिस्फोटको आवाज सुनेको बताएका छन् ।

प्रहरीले यो बम आक्रमण नै भएको उल्लेख गरेको छ । तर, यसको पछाडि कसको हात रहेको छ भन्ने सम्बन्धमा केही नखुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले इन्डोनेसियामा लामो समयदेखी इस्लामिक आक्रमणकारीहरूले आक्रमण गर्दै आएकोले उक्त बिस्फोटमा पनि उनीहरूको संलग्नता भएको आशंका गरेको छ ।

प्रहरी प्रवक्ताले मानिसहरूलाई घरभित्र नै बस्नका लागि आग्रह गरेका छन् ।


  •  
  •  
  •