तयार भयो डायमण्ड शमसेरको ‘सेतोबाघ’ (भिडियोसहित)

210
  •  
  •  
  •  

डायमण्ड शमसेरको प्रसिद्ध उपन्यास माथि बनेको फिल्म ‘सेतोबाघ’ प्रदर्शनीका लागि तयार भएको छ । ऐतिहासिक बिषयबस्तु माथि फिल्म बनाउन खप्पिस नीर शाहाले सेतोबाघ निर्देर्शन गरेकाहुन् । प्रदर्शनको मिती घोषणा नभएपनि फिल्म यही बर्ष हलमा लाग्ने पक्का भएको निर्देशक शाहा बताउछन् ।

seto bhag 1

फिल्मको पहिलो पोष्टर र प्रोमो सार्वजनिक गरिए लगत्तै सेतोबाघको चर्चा चल्न थालेको छ । यहि वर्ष फिल्म प्रदर्शन गर्ने योजना भएपनि प्रदर्शन मिति तोक्न गार्‍हो भएको निर्देशक शाहको भनाई छ । ‘यति धेरै फिल्म प्रदर्शनका लागि रहेछन् । हामी उपयुक्त समयमा हाम्रा दर्शकलाई फिल्म देखाउने योजनामा छौं ।’ निर्देशक शाहले भने, ‘डायमन शमशेर राणाको चर्चित उपन्यास ‘सेताबाघ’ पढेर मनोरञ्जन लिनेहरुका लागि सञ्चारकर्मी खगेन्द्र नेपालीले अलिकति सजिलो बनाईदिएका थिए अडियो सिडी निकालेर ।’

जंगबहादुर राणाको अन्तिम तीस दिनको कहानी रहेको ‘सेतो बाघ’मा बिएस राणा प्रमुख भूमिकामा छन् । शाहका अनुसार ‘सेतो बाघ’मा ऐतिहासिक विषयवस्तु, प्रेम र दुश्मनीका कहानी, र सत्ताको लागि राणाभाइहरूबीच भएको षड्यन्त्रको कथा छन् । नीर सिनेमा र महाशक्ति मल्टी मिडियाले निर्माण गरेको ‘सेतो बाघ’लाई संजय लामाले खिच्रेका हुन् ।

बसन्ती, मसान जस्ता कृतिमाथि फिल्म बनाएका शाह ‘सेतोबाघ’ आम दर्शकलाई मन पर्ने फिल्म बनाएको दाबी गर्छन् ।


  •  
  •  
  •