तनहुँ सेती आयोजना : उर्जाको निर्णय मन्त्रिपरिषदले उल्टायो

127
  •  
  •  
  •  

काठमाडौँ, १७ पुस (ओएनएस) : सरकारले माथिल्लो तनहुँ सेती जलविद्युत आयोजनाको परामर्शदातामा पुरानै कम्पनी जर्मनीको ल्याहमियर इन्टरनेस्नललाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको दबावमा उर्जामन्त्री राधा ज्ञावली आफ्नो निणर्यबाट पछि हटेपछि बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले ल्याहमियरलाई नियुक्त गर्दै उर्जा मन्त्रालयको निर्णय उल्टाएको हो ।

यसअघि उर्जा मन्त्रालयले उक्त कम्पनीलाई परामर्शदाता नियुक्त दिने प्रक्रिया रद्द गरेको थियो । ल्याहमियरलाई परामर्शदाताबाट हटाए आयोजनाबाट बिहिरिने प्रमुख लगानीकर्ता एसियाली विकास बैक (एडिबी)ले बताएपछि मन्त्रिपरिषद्ले उर्जा मन्त्रालयको निर्णय उल्टाएको हो ।

तर ल्याहमियर कम्पनी कमजोर परामर्शदार्ता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले  योग्य नियूक्त गर्न निर्देशन दिएपछि उर्जामन्त्रालयले सहसचिव केशबध्वज अधिकारको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । उर्जा मन्त्रालयले एडिबीले परामर्शदाताको छनोट गर्दा विभेद गरेको ठहर गर्दै ल्याहमियरलाई हटाउने निर्णय गरेको थियो ।

आयोजनाको लागि एडिबीले १५ करोड अमेरिकी डल ऋण दिने बताएको थियो । उसले आयोजना सफल पार्नको लागि अन्य कम्पनीलाई सहकार्यको लागि समन्वय गर्ने जनाएको थियो । आयोजनामा जापनिज अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड अमेरिकी डलर र युरोपियन इनभेस्टमेन्ट बैंकले १० करोड डलर सहुलियत ऋण दिने बताएका थिए ।

यो पनि पढ्नुहोस्  :- अर्थमन्त्री महतको हठले १५ अर्बको परियोजना जोखिममा


  •  
  •  
  •