कर्णालीका स्वास्थ्य चौकीमा सर्जिकल सामाग्री हस्तान्तरण

1006
  •  
  •  
  •  

काठमाडौं । कर्णाली क्षेत्रका पिछडिएका पहुँच नपुगेका तथा असुरक्षित स्थलहरुमा सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवाको पहुँच पु¥याउने परियोजनाअन्र्तगत स्वास्थ्य चौकीमा सर्जिकल सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

 जिल्लाका ५ वटा गाउँपालिका तथा २ नगरपालिकाका साविक १५ वटा गाविसका १५ वटै स्वास्थ्य चौकीहरुबाट सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवाको पहुँच पु¥याउने उद्देश्यले सर्जिकल सामाग्रीहरु हस्तारन्तरण गरिएको हो ।

कालीकोट जिल्लास्थित तिलागुफा नगरपालिकाअन्तर्गत राँचुली, जुविथा, चिलखाया र छाप्रे स्वास्थ्यचौकी, शुभकालिका अन्तर्गत सुकाटिया स्वास्थ्यचौकी, नरहरीनाथ गाउँपालिकाअन्तर्गत लालु, रुप्सा र कोटबाडा स्वास्थ्यचौकी, सान्नीत्रिवेणी गाउँपालिकाअन्तर्गत मेहलमुडी र मुम्रा स्वास्थ्यचौकी, पचाल झरना गाउँपालिकाअन्तर्गत राम्नाकोट र बदालकोट स्वास्थ्यचौकी र पलाँता गाउँपालिकाअन्तर्गत धौलागोह र खिन स्वास्थ्यचौकीहरुमा सर्जिकल सामाग्रीहरु जिल्ला अस्पताल कालीकोटमा एक कार्यक्रमकाबीच वितरण गरेको हो ।

साथै संस्थाको कार्यक्षेत्रभित्रका स्वास्थ्यचौकीहरुमा सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा सञ्चालनका लागि मेडिकल एर्वोसन र इम्पान्ट तालीम प्रदान संस्थाले गराएका अनमीहरुलाई प्रमाणपत्रहरु पनि यसै कार्यक्रममा वितरण गरेको छ ।

स्वास्थ्यचौकी इन्चार्जहरुको तर्फबाट सिपखाना स्वास्थ्य चौकी इन्चार्ज धर्मराज शाहीले एक्सनवक्र्स नेपालले डेड वर्षअघिदेखि स्थानीय स्तरमा आमासमुहहरु गठन गरी परिवार नियोजनका साधानहरुको प्रयोग र सुरक्षित गर्भपतनका मान्यताहरुका बारेमा चेतनाको अभिवृद्धि गरिरहको र अब यो गर्भपतन सेवा सञ्चालनका लागि आवश्यक सामाग्रीहरु वितरण गरेपछि आगामी दिनहरुमा असुरक्षित गर्भपनबाट महिलाहरुको ज्यान जोगिनुका साथै सेवाग्राहीले जिल्ला अस्पताल धाउने बाध्यतापनि हट्ने बताए ।

जनस्वास्थ्यअधिकृत कटक महतले भने,‘कालीकोट जिल्लाका दुर्गम तथा पिछडिएका सेवा ग्राहीहरुले अनिच्छित गर्भलाई सुरक्षित तरिकाले सेवा लिनका लागि अनिच्छित गर्भ रहेका सेवाग्राहीहरुले औषधिद्धारा सुरक्षित तरिकाले गर्भपतन गर्नका लागि जिल्लाका १५ वटा स्वास्थ्य चौकीहरुबाट यो सेवा सञ्चालन हँुदैछ ।

यो निकै महत्वपूर्ण र खुसीको कुरा हो । यसले मनपरी तरिकाले असुरक्षित गर्भपतन गराउने निजि क्लिनिकहरुको गतिविधिलाई केहीहदसम्म नियन्तण गर्नेछ ।’

उनले यो सेवा सञ्चालन गर्नका लागि एक्सन वक्र्स नेपाले यो सामाग्री वितरणदेखि स्थानीय स्तरहरुमा जनचेतना फैलाउने क्रियाकलापहरु र गर्भपतनलाई भन्दा पहिला परिवार नियोजनका साधनहरुको बारेमा विशेष जनचेतना फैलाउने र पछि जुन अनिछित गर्भरहेको खण्डमा सुरक्षितगर्भपतन सेवा सञ्चालन गर्ने र स्वास्थ्यचौकीहरुलाई सुचिकृत गर्ने, अनमीहरुलाई तालीम उपलब्ध गर्ने गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा एक्सनवक्स नेपाल र स्वास्थ्य सेवा कार्यालयको पारस्परिक सहयोग र सहकार्य गर्दै जाने प्रतिवद्धता जनाएका थिए ।

स्वास्थ्य सेवा व्यवस्थाका डा. भिष्मपोखरेलले कालीकोट जिल्लाका विकट क्षेत्रहरुमा सेवा सञ्चालन गर्ने निकै कठिनाई र चुनौतीका बावजुत एक्सनवक्र्स नेपालले कालीकोट जिल्लाका १५ वटा स्वास्थ्यचौकीहरुका अनमीहरुलाई तालीम प्रदान गर्ने र स्थानीय स्तरमा आमासमुहबाट परिवारनियोजन र सुरक्षित गर्भपतनका बारेमा चेतना स्तर वृद्धि गर्ने कामदेखि सामाग्रीवितरण गरी सेवा सुचारु गर्ने तयारी निकै महत्वपूर्ण भएकाले एक्सनवक्र्स नेपाललाई विशेष धन्यवाद दिए ।

उनले आगामीदिनहरुमा स्वास्थ्यचौकीबाट सेवा सञ्चालनको क्रममा सेवाग्राहीआमाको स्वास्थ्यमा केहीसमस्याहरु देखिएमा यथाशिघ्र जिल्ला अस्पतालमा रिफर गर्न सबै स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।


  •  
  •  
  •