रासायनियक अस्त्र विज्ञहरू सिरियामा

516
  •  
  •  
  •  

काठमाडौं, ९ वैशाख (एजेन्सी) : रासायनिक अस्त्रसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरू सिरिया पुुगेका छन्।

सिरियाको राजधानी दमास्कस नजिक रहेको रासायनिक हमला भएको भनिएको स्थानको अनुुगमनका लागि ‍ रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठन( ओपीसीडब्ल्यूको एउटा टोली डुमा नगर पुगेको हो।

सो टोलीले त्यहाँ नमुना तथा अन्य वस्तुहरूको संकलन गरेको छ।

सिरियाली सरकारी पक्षबाट विद्रोहीहरूको बलियो पकडक्षेत्र मानिएको डुमा नगरमा एप्रिल ७ मा ुरासायनिक हमलाु गरेको भनिएको जवाफस्वरूप गत शनिबार पश्चिमा शक्तिहरूले सिरियाविरुद्ध क्षेप्यास्त्र हमला गरेका थिए।

विद्रोहीहरु बाहिरिएपछि अहिले भने डुमा नगर सिरियाली सरकार र रुसको नियन्त्रणमा रहेको छ र दुवै पक्षले त्यस्तो रासायनिक हमला भएको अस्वीकार गर्दै आएका छन्।

एउटा प्रेस विज्ञप्ति जारी गर्दै ओपीसीडब्ल्यूले उसको टोलीले एप्रिल ७ मा बमबारी गरिएको भनिएको दुई स्थानमध्ये एक स्थानको भ्रमण गरेको छ।

नाम नखुलाइएको ‍ती नमुना विश्लेषण हेगको बाहिरी भेगमा रहेको ओपीसीडब्ल्यूको प्रयोगशालामा पठाइने अनि त्यसपछि निश्चित प्रयोगशालाहरूमा नमुना जाँच तथा विश्लेषण हुने ओपीसीडब्ल्यूले जनाएको छ।

 

 


  •  
  •  
  •