‘संविधान निर्माणमा हामी कर्मचारीको भुमिकामा छौँ’

314
  •  
  •  
  •  

शेरवहादुर तामाङ्ग 

चुनावमा हामीले पार्टीका एजेण्डा बोकेर जनताको बिचमा गयौँ । संभवत ती एजेण्डालाई जनताले मन पराइदिए र हामीलाई बिजयी बनाए । बिजयी भएका यिनै सभासद्हरुको थलो संविधानसभाले संविधानजारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रमुख भनिएका एकाध बिषयमा सहमती बन्यो भने संविधान जारी हुनसक्छ ।

तर संविधानमा राखिने बिषयका बारेमा हामी सभासदले खासै केही गर्न सकेका छैनौ । पहिलाका सभासद्हरुले जे गर्नु भएको थियो त्यसलाई स्वीकार गर्नु बाहेक हामीसँग कुनै विकल्प नै बाँकी रहेन । त्यसलाई हामीले सुत्रबद्ध गर्ने काम मात्रै गर्ने हो । नटुंगिएका विषयलाई संवाद समितिले मिलाउँदै छ । त्यसमा पनि हामीले केही गर्ने होइन । चित्त नबुझेका कुरा संविधानसभाको पुर्ण बैठकमा राख्ने । र चित्त बुझाउने मात्र हो ।
दुःखका साथ भन्नुपर्छ जुन एजेण्डा बोकेर हामी जनताको बिचमा पुग्यौँ ती एजेण्डालाई हामीले संविधानसभाभित्र हाम्रा एजेण्डा यी हुन, यी एजेण्डाभित्र संविधासभाभित्र छलफल हुनुपर्छ भनेर राख्न सकेनौँ ।

किनभने त्यो राख्ने बाटो नै बन्द गरियो । त्यसकारण जतिबेला हामी उत्साहकासाथ संविधानसभाको निर्वाचनमा गएका थियौं, नयाँ नेपाल, नयाँ संविधान बनाउने जुन उत्साहकासाथ संविधानसभामा प्रवेश गरेका थियौं, त्यो उत्साह अघिल्लो संविधानसभाले गरेका सहमतिको स्वामित्व ग्रहण गर्ने सहमतिसँगै सेलायो । सबैकुरा पुरानै तर्फ फर्किएको छ ।

सहमति भयो भनेका विषयलाई सहमति भयो भनेर मिलाएका छन् । असहमति भएका विषयलाई कुनै एउटा समिति बनाएर थन्काउने काम भएको छ । अझ अहिले त संविधानसभा बाहिरै अर्को समिति बनाउनेसमेत कुरा आएको छ । अव भन्नुस् हामी संविधानसभाका सदस्यहरुको भुमिका कहाँ छ ?

खासगरी संविधान निर्माणको सन्र्दभमा हामी जुनबाटोबाट गइरहेका छौं । त्यो बाटो नै गलत छ । हामीले लोकतान्त्रिक व्यवस्थामा जनताले आफ्नो अभिमत निर्वाचनमार्फत व्यक्त गर्छन् । त्यो अभिव्यक्त गरेको सार्वभौतिकता के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । हिजो ०६४ जनताले व्यक्त गरेको मत र २०७० मा जनताले व्यक्त गरेको मत अलि भिन्न खालको छ । यद्यपी त्यसका केही कुरा बाँकी नै छन् ।

हिजो ०६४ मा सहमति भएका र असहमति भएका भनिएका कुराहरुलाई वर्तमान संविधानसभाले स्वामित्व ग्रहण गर्ने निर्णय गर्दा अहिलेको संविधानसभामाथि ती निर्णयहरु थोपर्ने काम भयो । त्यस कारण अहिले नयाँ आएका सभासदहरुले आफ्नो स्वतन्त्रपुर्वक विवेक प्रयोग गरेर संविधान बनाउने काम गर्न पाएका छैनन् । ०६४ सालकै सहमति भयो भनिएका कुराहरु हामीहरुमाथि थोपरिएको छ ।

हामीले आफ्नो मत कहाँ जाहेर गर्ने ? सहमति भयो भनेका विषयलाई सहमति भयो भनेर मिलाएका छन् । असहमति भएका विषयलाई कुनै एउटा समिति बनाएर थन्काउने काम भएको छ । अझ अहिले त संविधानसभा बाहिरै अर्को समिति बनाउनेसमेत कुरा आएको छ । त्यस कारण संविधानसभाका सदस्यहरुको भुमिका कहाँ छ ? समिति र संविधानसभामा राखेका बिचार केवल ब्यक्तिगत सन्तुष्टि मात्रै हुन् । त्यो व्यक्तिगत विचार हुन्छ । संविधानसभाको विचार हुँदैन् ।

हामी सभासद्हरुले केही गर्न सक्थ्यौ की भनेर मैले संविधानसभाको सुरुमै यो बिषय राखेको थिए । तर हामीले भनेको जस्तो भएन यसमा नेताहरुले सम्झौता गर्नुभयो । नेताहरुले सम्झौता गरेपछि के हुन्छ भने दलीय व्यवस्थामा कतिपय संविधानसभामा ह्विप लाग्ने हुन्छ । अहिले सबैजसो सदस्य त्यसमा बाँधिएका कारण पनि त्यस्तो देखिएको हो ।

अब हामीले नेतृत्वलाई क्रस गर्ने अवस्था पनि छैन र त्यो गर्नुपनि हुँदैन् । अहिले म मस्यौदा समितिमा छु । मस्यौदा समितिले आफूले गर्नुपर्ने काम सुत्रबद्ध गर्ने काममा खटिरहेको पनि छ । अहिलेका हामीले त्यसमा सक्रिय पनि छौं । तर, अहिले कतिपय काममा हामीलाई संविधानसभाको काम भन्दा पनि व्यवस्थापिकीय काम गरेको अनुभव हुने गरेको छ । किनभने हामीले केही परिवर्तन गर्नेसक्ने अवस्था छैन् ।

हामी संविधानको निर्माणकर्ता हुनुपर्छ भनेर निर्वाचित भएर आएका हौं र त्यही निर्माणकर्ताको हैसियतमा एउटा संविधान त आउला । त्यो हामीले बनायौँ भनेर पनि भन्दै हिडौला तर तर भित्रदेखि नै हामीले नै संविधान बनायौं भनेर सन्तुष्ट चाँही हुनसक्दैनौँ ।

म एउटामात्रै उदाहरण दिन्छु अघिल्लो संविधानसभाले एउटा शब्द्ध, राजपत्र भन्ने एउटा शब्द्ध छ । पहिलाको संविधानसभाले त्यसलाई रापजत्रकै रुपमा स्विकार गरेको छ । अब त्यसलाई लोकपत्र भनौं भनेदेखि अलग्गै वहशमा जानुपर्ने स्थिति छ । भनाईको मतलव यस्ता कतिपय कुराहरु परिवर्तन गर्नसक्ने अवस्था छैन् । कतिपय कुराहरु त्यँहा मिलाउनुपर्ने जस्तो देखिन्छ, तर, हामीले त्यसो गर्नसक्ने अवस्था छैन् । हामीले केही कुराबाट बाँधिएका छौं ।

पहिलाका सभासद् भाग्यवानी

कुन भावनाकासाथ के उद्देश्यले संविधानमा शब्द लेखिएका हुन भन्ने कुरा हामीभन्दा ०६४ का सदस्यहरु बढी जानकार हुनुहुन्छ । किनभने सुरुवात नै त्यँहीबाट भएको हुनाले त्यसको जानकारी उहाँहरुलाई बढी थाहा हुन्छ । हामी आफैं त्यसको निर्माणकर्ताको रुपमा देखिएका छैनौं ।
हामी निर्माणकर्ता हुन्छौं, निर्माणकर्ता हुनुपर्छ भनेर निर्वाचित भएर आएका हौं र त्यही निर्माणकर्ताको हैसियतमा एउटा संविधान त आउला । मुलुकलाई निकास दिने र हामीले बनायौं भन्ने कुरा त रहला, तर भित्रदेखि नै हामीले नै बनायौं कुरा चाँही नहुने भयो ।
अघिकांस सभासद्हरुको अनुभव यो भन्दा फरक देखिँदैन । हामीवीचमा यस्तै बिषयमा कुरा भइरहन्छ । धेरै साथीहरुले के चिन्ता गर्नूहुन्छ भने , ‘हामीले गलत बाटोबाट संविधान निर्माण गर्न थाल्यौं, त्यसले अप्ठ्यारो स्थिति सृजना हुन्छ कि ?’

देशलाई स्थायित्व चाहिएको छ त्यसैले सबैलाई मसेटेर संविधान समयमै जारी गर्नुपर्छ । सहमतिको दस्तावेज हुने त्यस संविधानलाई हामी जनताको नाममा जहा पनि सही छाप गर्न तयार छौं । किनभने यो मुलुकलाई संक्रमण कालबाट मुक्त गरेर आर्थिक क्रान्तिर्मा लैजानै पर्छ ।

जे भए पनि संविधान जारीहोस्

अब, हामीले जति कराए पनि हुँदैन । हामीले दवाव दिने भनेको अव समयमै संविधान ल्याउन हो । बिषयहरुका बारेमा खोजेर वा राखेर केही हुने वाला देखिदैन । त्यसै भए पनि संविधानचाँही ल्याउनै पर्छ । कतिपय हाम्रा विचारलाई संविधानसभामा दर्ज पनि गराएका छौं । बोलर लेखेर हामीले आफ्ना समितिमा राखिरहेका छौं । अब सबैको सहमतीमा संविधान जारी गर्ने तर्फ लाग्नु पर्छ । जनताले कस्तो भन्दा पनि संविधान खोजेका छन् । संविधान आए राजनीतिले एउटा बाटो समात्ने थियो भन्ने बिश्वास भएका जनताले संविधानको माग गरेका हुन् ।

देशलाई स्थायित्व चाहिएको छ त्यसैले संविधान जारी गर्न ढलो गर्नु हुँदैन । कतिपय दलहरु हामीलाई वाइवास गर्यो भनेर संविधानसभा छोडेर हिँड्ने अवस्था पनि छ । त्यस कारण सबैलाई मसेटेर लैजानुपर्छ । के के कुराहरुमा सहमति गरेर जान सकिन्छ भनेर सबैसँग छलफल गर्नु आवश्यक छ । संविधानलाई सहमतिको दस्तावेज बनाउनु पर्छ । त्यसका लागि हामी जनताको नाममा जहा पनि सही छाप गर्न तयार छौं ।  किन भने यो मुलुकलाई धेरै संक्रमण कालमा राख्न सकिँदैन । अब आर्थिक क्रान्तिमा मुलुकलाई लैजानु पर्छ ।

तामाङ सिन्धुपाल्चोक ३ नम्बर क्षेत्रबाट  प्रतिनिधित्व गर्ने  सभासद हुन् ।


  •  
  •  
  •