सेनाले चलायो निःशुल्क बस

146
  •  
  •  
  •  

काठमाडौं १४ कात्तिक ।
इन्धनका कारण सास्ती भोग्न वाध्य यात्रुलाई सुविधा प्रदान गर्ने उद्देश्यले नेपाली सेनाले शुक्रबारदेखि निःशुल्क रूपमा बस संचालन गरेको छ।
पहिलो चरणमा सेनाले निशुल्क यातायात सेवालाई उपत्यकामा मात्र संचालन गरिएको छ। सडकमा सवारी नपाएर दु:ख पाइरहेका यात्रुहरुलाई थोरै भए पनि यसले राहत दिने भएको छ।
सेनाले शुक्रबारदेखि काठमाडौँ उपत्यकाका आठ मार्गमा निःशुल्क दैनिक चार ठूला बस सञ्चालन गरेको हो । इन्धनका कारण पैदल हिड्न वाध्य सर्वसाधरण तथा अन्य आपतलकालीन अवस्थामा यात्रु यात्रुलाई सुविधा पुर्‍याउने उद्देश्यले निशुल्क यातयात सेवा सुरु गरिएको सेनाका प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले जानकारी दिए। उनले भने, इन्धन अभावले अफ्ठ्यारो परेको बेला यात्रुहरुलाई थोरै भए पनि राहत दिने हेतुले यो सेवा सुरु गरिएको हो।
प्रवक्ता कार्कीका अनुसार बिहानी र दिवा गरी दुई समूहमा दैनिक चार बस गुडाउन सुरु गरिएको छ। सवारी सेवा दिइएको मार्गमा बानेश्वर–कोटेश्वर–एकान्तकुना–कालिमाटी–त्रिपुरेश्वर हुँदै रत्नपार्क तथा भद्रकाली–जमल–लैनचौर–नारायणगोपाल चोक–बालाजु–सोह्रखुट्टे हुँदै माइतीघर कायम गरिएको छ।
त्यस्तै माइतीघर–सहिदढोका–त्रिपुरेश्वर–कालीमाटी–कलङ्की–स्वयम्भू–छाउनी–ताहाचल टेकु–थापाथलीसम्म सेवा दिन सुरु गरिएको सेनाले जनाएको छ । माइतीघर–बानेश्वर–तीनकुने–गौशाला–नारायणगोपालचोक लैनचौर हुँदै कान्तिपथको मार्गलगायतमा सवारी सेवा उपलब्ध सुरु भएको छ। अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •