सेल्फी लिनुहुन्छ ? बिरामी पर्नुहोला, होस् गर्नुस्

164
  •  
  •  
  •  

lg-fxo-firefox-transparent-smartphone1काठमाडौ/फागुन(एजेन्सी) : स्मार्टफोनबाट सेल्फी लिने चलन निकै बढेको छ । जहाँ जानुस् एक्लै भएपनि आफ्नो तस्विर सहजै लिन सकिने भएका कारण पनि सेल्फीको क्रेज निकै बढेको छ तर, सेल्फीले आफूलाई बेफाइदा गर्छ भन्दा सायद धेरैको होस समेत उड्न सक्छ ।

हो सेल्फीको क्रेजले मानिसलाई बेफाइदा गर्छ । सेल्फी लिने क्रेज यति धेरै बढेको छ की यो क्रेजले बिरामीको रूप नै लिन सक्छ । हालका वर्षहरूमा यति धेरै प्रचलित भयो की सन् २०१३ मा अक्सफोर्डलाई आफ्नो शब्दकोषमा ठाऊँ दिन बाध्य भयो ।

लण्डनका मनोवैज्ञानिकहरुले युवाको यस व्यवहारको निकै गहन अध्ययन गरेका छन् । अध्ययनका अनुसार विद्यार्थीदेखी राजनेताहरूमा समेत सेल्फीको क्रेज निकै बढेको छ । हरेका सात १.७ करोडभन्दा बढी मानिसले सेल्फी सामाजिक सञ्जालमा अपलोड गर्ने गर्छन् ।  बेलायतका एक व्यापारी निगेल र ट्राकी आफ्नो १५ वर्षीय छोरी ओलिविया रूसेलको सेल्फीका कारण यति धेरै चिन्तित भए की मनोवैज्ञानिकको परामर्श मागेका थिए । मनोवैज्ञानिकहरुले युवाहरूमा सेल्फीको बानीको बिमारीको अवस्थामा पुगिसकेको भेट्टाएका छन् ।

यसरी सेल्फीको क्रेजले गर्दा मानिस मानसिक रुपमा बिमारी हुन थालिसकेका छन् । त्यसैले सेल्फीबाट सकेसम्म टाढा रहनु स्वास्थ्यका लागि हानिकारक छ ।


  •  
  •  
  •