यस्तो गरिन् सेलेनाले नेपाल आएर (तस्बिर र भिडियो)

223
  •  
  •  
  •  

काठमाडौं, १८ जेठ (ओएनएस) : हलिवुडकी चर्चित गायिका तथा मोडल सेलिना गोमेज हालै मात्र नेपाल भ्रमण सकेर फर्किइन् ।
युनिसेफको सद्भावना दूत समेत रहेकी गोमेजले नेपालका क्रममा युनिसेफको कार्यक्रमबारे अवलोकन गरिन् ।
पश्चिम नेपालका विभिन्न ठाउँ पुगेर स्थानीयसँग भेटघाट गरिन् । सतबरिया राप्ती माध्यमिक विद्यालय गएर उनले त्यहाँका विद्यार्थीहरुको स्थिति र पढाईको वातावरणलाई अवलोकन गरिन् ।
नेपालमा रहँदासम्म आफ्नो भ्रमणलाई गोप्य राखेकी उनले फर्किएपछि भने विभिन्न तस्बिर र भिडियोहरु सार्वजनिक गरेकी छिन् । साथै यूनिसेफले पनि उनको तस्बिर र भिडियो सार्वजनिक गरेको छ ।
IFrame

 


  •  
  •  
  •