क्यामेरा देख्ने वित्तिकै मुख छोपिन् सेलेनाले

74
  •  
  •  
  •  

काठमाडौं : चर्चित हलिउड अभिनेत्री सेलेना गोमेज हाल नेपालमा छिन् । सामाजिक कार्यक्रमहरुमा सहभागी हुन यूनिसेफको तर्फबाट आएकी सेलेना पश्चिम नेपालका विभिन्न भूभाग घुमेर राजधानी फर्किइन् । काठमाडौंको होटल द्वारिकाजमा राष्ट्रसंघको गाडीबाट ओर्लिँदा फोटो पत्रकारले तस्बिर खिच्न खोज्दा उनले मुख छोपिन् । 

809ca2982cc42278b88d53f2a64deebdगोप्य रुपमा नेपाल आएकी सेलेनाको बारेमा सामाजिक सञ्जालहरुमा चर्चा भइरहेको छ । उनीसँग विभिन्न ठाउँमा खिचाएका तस्बिरहरु उनका फ्यानहरुले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । तर उनले भने यसबारेमा केही बताएकी छैनन् । 

सेलेनाले मध्यपश्चिम तराईका विभिन्न स्थानमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा अन्र्तक्रिया गरिन् । दाङ, बाँके, बर्दियालगायतका जिल्लामा युनिसेफको सहयोगमा सञ्चालित बालक्लब, विद्यालय, बालविकास केन्द्र, स्वास्थ्य तथा सरसफाइ कार्यक्रमको अवलोकनमा गएकी उनको सोही ठाउँमा खिचएका तस्बिरहरु पनि सार्वजनिक भएका छन् ।
सेलेनाले काठमाडौंमा रहँदा भक्तपुर दरबार स्क्वायर अवलोकन गरेकी थिइन् । उच्च स्रोतकाअनुसार सेलेना शुक्रबार दिउँसो दिल्ली हुँदै फर्किने छिन् । 

तस्बिर : ट्वीटर/अन्नपूर्णपोष्ट9dd8a158718b2485d67875e9cc751b33 63e751f4147ba5c0df40e86b71b3f2b0 83a56df26e76579a934178b2f09d1ae1  bc3f3c347f0f9cf1e206881aae85f1ef


  •  
  •  
  •