सरकारी निकायमा कसको कति तलब

275
  •  
  •  
  •  

काठमाडौं ६ साउन । सरकारले सबै तह तप्कामा १० प्रतिशतले तलब वृद्धि गरेपछि चालु आर्थिक वर्षको साउन महिनाबाट राष्ट्रपतिले १ लाख २० हजार ३ सय ६० र प्रथम स्तरका कार्यालय सहयोगीले १२ हजार ९ सय ८० मासिक तलब बुझ्ने भएका छन् । उक्त तलब भत्ता र अन्य सुविधा बाहेक हो ।

अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष ०७१/७२ का लागि पेस गरेको बजेटमा तलब वृद्धिका साथै, कर्मचारीले खाईपाई आएको ग्रेड रकम समेत वृद्धि गरिएको घोषणा गरेका थिए । यसअघि कर्मचारीले बुझ्दै आएको मासिक एक हजार मँहगी भत्ता समेत यथावत राखिएको छ । अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागु हुने गरी सरकारी सेवामा कार्यरतहरुको नयाँ तलवमान र अन्य सुविधाबारे सम्बन्धित सबै निकायलाई पत्राचार गरी जानकारी गराएको छ ।

नयाँ तलवमान अनुसार उपराष्ट्रपतिले ८६ हजार ४ सय २०, प्रधानमन्त्रीले ६१ हजार ८ सय २०, सभामुखले ५३ हजार ८ सय ५०, प्रधानन्यायाधीशले ५८ हजार ९ सय ४० रुपैयाँ मासिक तलब बुझ्नेछन् ।

निजामति तर्फे ग्रेड र भत्ता बाहेक मुख्य सचिवले ४३ हजार ६ सय ७०, विशिष्ठ श्रेणीकाले ४१ हजार १ सय ३०, सह सचिवले ३२ हजार १ सय २०, उप सचिवले २७ हजार ३ सय ७० र अधिकृतले २४ हजार ४ सय रुपैयाँ तलव पाउनेछन् ।

राजपत्र अनंकित तफ प्रथम श्रेणी(नायब सुब्बा)ले १८ हजार ८००, द्वितिय श्रेणी(खरिदार)ले १७ हजार ७ सय ३० रुपैयाँ सुरुको तलव प्राप्त गर्नेछन् । शिक्षा, स्वास्थ्य, निजामति र सुरक्षा सहित अन्य निकायको विभिन्न तह अनुसार कस्को कति तलब जान्नका लागि तलको लिंकमा क्लिक गरि विस्तृतमा पढ्नुहोस ।

विस्तृतमा जान्नका लागि

 


  •  
  •  
  •