सुधारिएको संसदीय व्यवस्थानै उत्तम : शेखर

169
  •  
  •  
  •  

काठमाडौं, ३ असार (ओएनएस) । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संक्रमणकालीन नेपालका लागि सुधारिएको संसदीय व्यबस्था नै उपयुक्त हुने बताएका छन् । सुधारिएको संसदीय व्यबस्थाको जगमा टेकेर अघि बढ्न सके नेपाल संसारकै विकसित र नमुना मुलुक बन्न सक्ने उनको भनाइ थियो ।

संविधानसभामा मगलबार जारी तत्कालिन शासकीय स्वरुप समितिको प्रतिवेदन माथीको छलफलमा भागलिदै नेता कोइरालाले परम्परागत संसदीय व्यबस्थावाट माथि उठेर सुधारिएको संसदीय व्यबस्थामा जानुपर्ने बताएका हुन् । सरकार गठन भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने र पाँच वर्षमा २ पटक भन्दा बढि अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने व्यबस्था गर्न सके राजनीतिक स्थिरता हुने उनको भनाइ थियो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री दुवै तानाशाह बन्ने खतरा रहेकोले त्यो विकल्पमा जान नसकिने कोइरालाको भनाइ थियो । संसदवाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति चुनिने शासकीय प्रणालीमा जानुपर्ने उनले बताए । छलफलमा नेकपा एमालेका गंगालाल तुलाधरले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणालीले देशलाई स्थिरता प्रदान गर्ने बताए ।


  •  
  •  
  •