सेनाको टोलीद्वारा सकेट बम निष्क्रिय

173
  •  
  •  
  •  

सिरहा, २० मंसिर (ओएनएस) :  सिरहाको लहान नगरपालिका–९ गोठटोलमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । स्थानीय विन्देश्वर साहको घर नजिकै बुधबार बिहान सकेट बम फेला परेको हो ।

बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । संघीय समाजवादी फोरमका कार्यकर्ता साहले घर नजिकै बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


  •  
  •  
  •