अर्थमन्त्री डा. रामशरण महतले नेपाली युवाहरुले अव कामको लागि विदेश जानु नपर्ने बताएका छन् । नेपालमा काम गर्ने अवसर तथा वातावरण बनेकोले कोही युवा कामको लागि विदेशीनु नपर्ने उनले जानकारी दिए ।
सोमवार नेपाल आर्थिक पत्रकार समाज(सेजन) को १७ औं आर्थिक स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।महतले नेपाल आर्थिक विकासको बाटोमा अघि बढी सकेको बताए । ‘अहिले बर्षको ११ अर्व डलरको लगानीके प्रतिवद्वता आउने थालेको यो बाट नै नेपाल आर्थिक विकासको बाटोमा अघि बढेको पुष्टी हुन्छ ।’
साथै उनले आर्थिक पत्रकारहरुलाई आर्थिक ससमाचारलाई पहिलो प्राथमिकता दिन सुझाए ।
यसैविच उत्कृष्ट आर्थिक समाचार लेख्ने चार पत्रकारलाई सेजनले सम्मान गरेको छ । यस बर्ष कान्तिपुरका राजु चौधरी,नागरिकका सुजन ओली,इमेज च्यानलका हिमाल पौडेल र माउन्टेन च्यालनका भगवत भट्टराइले सम्मान स्वरुप प्रमाणपत्र र जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरन्जीवी नेपाल,सेजनका अध्यक्ष विज्ञान अधिकारी,राष्ट्रिय योजना आयोगडका सदस्य चन्द्रमणी अधिकारी तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले बोलेका थिए ।