प्रदेश २ मा एसइई परीक्षा स्थगित

305
  •  
  •  
  •  

काठमाडौं, १५ चैत(ओएनएस) : सरकारले प्रदेश २ अन्तर्गत चैत्र २१ सम्म सबै केन्द्रमा सञ्चालित एसइई परीक्षा स्थगित गर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले साँझ आकस्मिक पत्रकार सम्मेलन गरी अर्को सूचना प्राप्त नभएसम्म परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका हुन् ।  स्थगित भएको विज्ञान विषयको परीक्षा भने २२ गते हुने भएको जनाइएको छ ।

स्थगित भएका बाँकी परीक्षाको सूचना भने यसै महिनाभित्र परीक्षा बोेर्डले जारी गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै परीक्षापत्र आउट भएर परीक्षार्थीलाई परेको समस्याप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षणसमेत जनाएको छ ।

प्रश्नपत्र आउट गर्ने आपराधिक घटनामा संलग्नलाई कानुनी दायरमा ल्याउन र छानबिन गरी यथाशक्य बाहिर ल्याउन छानबिन समिति गठन गरिने विज्ञप्तिमा जनाइएको छ । सत्यतथ्य छानबिनका लागि अनुसन्धानको लागि टोली समेत खटाइसकिएको मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •