परीक्षा शुल्क तिर्न नसक्दा सुर्खेतका २ सय ८० विद्यार्थी एसइइ परीक्षा दिनबाट बञ्चित

1437
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (अाेएनएस) : परीक्षा शुल्क तिर्न नसक्दा सुर्खेतका २ सय ८० विद्यार्थी एसइइ परीक्षा दिनबाट बञ्चित हुने भएका छन्।

जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले विद्यालयमा अनुपस्थित र परीक्षा ‘फि’ नतिरेका कारण उनीहरु एसइइ परीक्षामा सहभागी हुनबाट बञ्चित हुनु परेकाे बताए। परीक्षा दिन नपाउने विद्यार्थीमा धेरै जसो ७५ प्रतिशत विद्यालय हाजिरी भएका छन् ।

जिशिअ शाहले कोही विद्यार्थीहरु पढ्दै गर्दा इन्डिया जाने समस्याले पनि परीक्षा दिनबाट बञ्चित भएको बताउनुभयो । यस वर्षको एसइइ परीक्षामा सुर्खेतबाट ७ हजार ९ सय ९२ विद्याथीहरु सहभागी हुने भएका छन् ।

नियमिततर्फ ७ हजार एक सय ७४ र आंशिकतर्फ ८ सय १८ विद्यार्थी एसइइ परीक्षामा सहभागी हुनेभएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा ३० वटा परीक्षा केन्द तोकिएको छ

 


  •  
  •  
  •