एसइई आजदेखि : ४ लाख ८५ हजार परीक्षार्थी सहभागी, चार क्लस्टरमा फरक–फरक प्रश्नपत्र

369
  •  
  •  
  •  

काठमाडौं, ८ चैत (अाेएनएस) : माध्यमिक शिक्षा परीक्षा (एसइई) आज चैत्र ८ गतेबाट सुरु हुन लागेकाे छ।
शिक्षा ऐनअनुसार कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले प्रदेशस्तरमा गर्नुपर्ने व्यवस्था भए पनि तत्काल संरचना नहुँदा केन्द्रद्धारा नै परीक्षा लिन लगिएकाे रूपमै गर्न लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ।
एसइईमा चार लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुँदै छन् । १ हजार ९ सय ५६ केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि १ हजार ९ सय ५६ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
७७ जिल्लालाई चार क्लस्टर  विभााजन गरेर फरक–फरक प्रश्नपत्र तयार परिएकाेका कार्यालयले जनाएकाे छ। पूर्व र पश्चिमलाई एक–एक तथा मध्यभागलाई दुई क्लस्टर बनाएर तयारी गर्न बोर्डले दिएको अख्तियारीअनुसार परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र तयार गरेको हाे ।

 

नियमित र एक्ज्याम्टेडलाई  फरक–फरक प्रश्न
यस वर्षको एसइईमा नियमित र एक्ज्याम्टेडतर्फका विद्यार्थीलाई फरक–फरक प्रश्नपत्र तयार गरिएको छ । पाठ्यक्रम परिमार्जन भएकाले नियमित र एक्ज्याम्टेड तर्फको विद्यार्थीहरुकाे लागि फरक–फरक प्रश्नपत्र तयार पारिएको परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए ।

नियमित विद्यार्थीले अनिवार्य विषयमा पहिलोपटक नयाँ पाठ्यक्रमअनुसार एसइई परीक्षा दिँदै छन् । माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार परीक्षा सञ्चालन गर्न लागिएको छ । अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

 


  •  
  •  
  •