एसर्ईई परीक्षमा नक्कली परीक्षार्थी दुई छात्रासहित तीन पक्राउ

242
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (ओएनएस) : अर्काको एसईई परिक्षा दिन आएका दुई छात्रासहित तीनजना पक्राउ परेका छन्।

भेरी नगरपालिका–१ स्थित शिब माध्यामिक बिद्यालय कालेगाउ एसईई केन्द्रमाा परीक्षा दिइरहेको अवस्थमा उनीहरु पक्राउ परका हुुन्। पक्राउ पर्नेमा छात्रा निरुता बोहरा र सिर्जना सिंह रहेकी छन्।त्यस्तै पक्राउ पर्नेमा छात्र प्रकाश बोहरा रहेका छन्।

निरुताले सरस्वती मध्यामिक बिद्यालय सिलिमेचौर बोरेकोटको कल्पना बस्नेतको सट्टामा,सिर्जनाले भगवती माध्यामिक बिद्यालय कुुसेका निर्मला नेपालीको सट्टामा र प्रकाशले सरस्वती माध्यामिक बिद्यालय सिलिमेचौर बोरेकोटका खगेन्द्र वस्नेतको सट्टामा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जना उपर शिक्षा ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।


  •  
  •  
  •