एसइई परीक्षामा मुगु बाट १४ सय २५ बिद्यार्थी सहभागी हुदैँ

344
  •  
  •  
  •  

काठमाडाैँ , ४ चैत (ओएनएस) : आगामी चैत्र ८ गतेवाट संचालन हुुने यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसइई परीक्षमा मुगुबाट १४ सय २५ जना बिद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् ।

जिल्ला भरी तोकिएका ७ वटा परीक्षा केन्द्रमा नियमित तर्फका ११ सय ५५ र एक्जामटेड तर्फका २ सय ७० जना गरेर १४ सय २५ बिद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन । परीक्षा केन्द्र तोकिएका रारा बहुमुखि क्यामपस, श्री महाकाली मा वि श्रीनगर, प्रभात मा वि रोवा , भवानी मा वि पुरुमुरु , बिजय मा वि कालै, मष्टा मा वि रातापानी र लोकप्रिय मा वि गम्था परीक्षा केन्द्रमा उक्त बिद्यार्थीहरु परीक्षा दिने निमित्त जिल्ला शिक्षा अधिकारी धनशुद्धन चौलागाईले बताए ।

७ वटै परीक्षा केन्द्रमा सोमबार बाट प्रश्न प्रत्र, उत्तर पुस्तिका सहित केन्द्राध्यक्षको टोली त्यस तर्फ जाने जिल्ला शिक्षा कार्यलय मुगुले जनाएको छ ।

यसै बिच यस बर्षक एसइई परीक्षा लाई मर्यादित रुपमा सम्पन्न गर्न जिल्ला स्थित सरोकारवाला निकायले आ आफनो क्षेत्र बाट भरपुरु सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।

अाईतबार सदरमुकाम गमगढीमा आयोजित केन्द्राध्यक्ष संगको अभिमुखिकरण कार्यक्रमा बिगतका बर्षको तुलानामा यस बर्षको ( एसइई ) परिक्षा लाई सभ्य र मर्यादित बनाउने सरोकारवाला निकायले प्रतिबद्धता गरेका हुन।

विगतका बर्षहरुमा एसइइ परीक्षामा चिट चोर्ने र चोराउनेको हावि भईरहेका बेला यो बर्ष भने त्यस्तो नहुने र चिट चोर्ने र चोराउने लाई नियम अनुसार कारवाही गरिने बताईएको छ । जिशिकाले एसइई परीक्षा लाई मर्यादित बनाउन आंचारसहिता समेत लागु गरिने भएको छ ।

परीक्षा अवधि भर बिषयक शिक्षक परीक्षा स्थल वरपर नबस्ने ,परिक्षा केन्द्र वरिपरि फोटोकपि प्याक्स जस्ता मेसिन राख्न नपाईने, परीक्षर्थी अपांग भएमा अग्रीम जानकारी गराई अपांग परिचय प्रत्र पेश गरेमा मात्र समय थप गरीने तथा दुवै आँखा दुवै हात नभएका बोल्न नसक्ने लाई मात्र समय थप गरीने जिल्ला परीक्षा

समन्वय समितिले जनाएको छ । परीक्षा अवधिभर कसैले उत्शृखल क्रियाकलाप गरेमा नियम अनुसार ६ महिला कैद र १ लाख जरिवाना गरीने जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष उमाकान्त अधिकारीले जानकारी दिए।


  •  
  •  
  •