यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय, आन्तरिक मूल्यांकनबाट नतिजा

230
  •  
  •  
  •  

काठमाडौं । यसवर्षको एसईई परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्नेसहितको प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थियो ।

सो प्रस्ताव स्वीकृत भएको छ । एक मन्त्रिका अनुसार विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने र त्यसकै आधारमा ग्रेड निर्धारण गरी नजिजा सार्वजनिक हुनेछ ।

गत चैत ६ गते नै हुनुपर्ने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।


  •  
  •  
  •