एसईई परीक्षाको तयारी पूरा, साडे चार लाख भन्दा बढी विद्यार्थी सहभागी (परीक्षा तालिकासहित)

1373
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : एसईई परीक्षा २०७४ को तयारी पूरा भएको छ । आउँदो चैत्र ८ गतेदेखि सुरु हुने एसईई परीक्षाको तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ।

परीक्षामा यसवर्ष नियमिततर्फ ४ लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार विद्यार्थी गरी कूल ४ लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुने कार्यालयले जनाएकाे छ।

परीक्षाका लागि देशभरमा हजार ९ सय ५६ केन्द्राध्यक्ष, ३ हजार ९ सय १२ सहायक केन्द्राध्यक्ष, २३ हजार निरीक्षक खटिने कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए।

उनले भने, ‘परीक्षाको तयारी पूरा भएको छ, प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला पठाइएको छ, अन्य सामाग्रीहरु पनि जिल्ला पठाइएको छ।’

परीक्षा तालिकासहित


  •  
  •  
  •