एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा

189
  •  
  •  
  •  

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

गएको चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

प्रदेश २ मा भने चैत २२ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।  कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माका अनुसार कुनै प्राविधिक त्रुटी नभए बुधबार बेलुकीसम्म र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गरिनेछ । यसवर्ष परीक्षामा देशभरबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र पहिलेको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।


  •  
  •  
  •