एसईई परीक्षा : अनिवार्य सामाजिक विषयको पश्नपत्र बाहिरियो

297
  •  
  •  
  •  

जनकपुर, १५ चैत(ओएनएस) : एसईई अन्तर्गत आज हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र बाहिरिएको छ ।

प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमिततर्फको परीक्षा स्थगित भएको छ । आज बिहान ८ बजे परीक्षा शुरु हुनुपर्ने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि बाहिरिएको हो ।

सामाजिक सञ्जालहरूमामार्फत प्रश्नपत्र बाहिर आएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक बोलाएर परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शुक्रबारको रेगुलर समाजिक विषयको परीक्षा स्थागित भएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी गराए ।

इक्जाम्टेडतर्फको सामाजिक, प्राविधिक विषय र ग्रेज वृद्धिको विषयको परीक्षा भने यथावत रहनेछ ।  यसैबीच प्रश्नपत्र बाहिरिएको विषयमा देश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकार र संघीयता असफल बनाउने षड्यन्त्र अनुसार शिक्षा क्षेत्रमा पनि प्रहार शुरु भएको बताएका छन्।
प्रश्नपत्र आउट गर्ने षड्यन्त्रमा संलग्न जोसुकैलाई कारबाही गर्ने उनले बताए ।


  •  
  •  
  •