तीन सातादेखि गाविस सचिव गायव

136
  •  
  •  
  •  

नरेन्द्र रिमाल

फिदिम १ असार (ओएनएस) : आर्थिक वर्षको अन्तिममा गाविस सचिव केशव निरौला वेपत्ता भएपछि पाँचथरको सिदिन गाँउ विकास समितिको कामकाज प्रभावित भएको छ ।
उक्त गाविसका सचिव निरौला जेठ १० गतेदेखि वेपत्ता भएको बताइएको छ । जिल्ला विकास समिति पाँचथरवाट चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा खर्च गर्नेगरी निकासा भएको रकम लिएर सदरमुकामदेखि प्राविधिक सहायक प्रजापति वास्कोटासँगै गाविस सिदिन पुगेका सचिव निरौला करिव आधा रकम वितरण पछि गायव भएको वताइएको छ ।
झापाको दुवागडी १ निवासी सचिव निरौला गायब भएपछि गाँउ विकास समितिको कामकाज प्रभावित भएको हो ।
पैसा नपुग्ने भयो भनेर सदरमुकाम लागेका सचिव फेरी नफर्केका हुन् । प्राविधिक सहायक बाँस्कोटाका अनुसार गाविसमा तोकिएका दुईवटा मध्ये एउटा केन्द्रमा सामाजिक सुरक्षाभत्ता वितरण सकिएपछि सचिव निरौलाले पैसा नपुग्ने भएकाले फेरी आँउछौं भन्दै स्थगित गरेर जेठ ९ गते सदरमुकाम फर्किएका थिए ।
जिविसवाट निकासा गरेको ४ लाख ८० हजार मध्ये आधा रकम निरौलाले साथैमा राखेको पनि बाँस्कोटा बताँउछन् । त्यसपछि जेठ १० गते आफुलाई वुवाले वोलाएकाले झापा घर जाने वताएका निरौला हालसम्म वेपत्ता रहेको बाँस्कोटाको भनाई छ ।
उनका अनुसार वितरण गर्दागर्दै फर्काएको सामाजिक सुरक्षा भत्ता वापतको वाँकी २लाख रुपैंया पनि निरौलाले साथमै राखेका थिए । आर्थिक वर्षको अन्त्यतिर सचिव निरौला वेपत्ता भएपछि गाविसमा सञ्चालित विकास निर्माण र योजना फस्र्यौटको काम प्रभावित भएको छ ।
आर्थिक वर्षको अन्त्यमा सचिव वेपत्ता भएपछि चालु आर्थिक वर्षको अन्तिम सक्ने गरी सम्झौता भएका योजनाको काम सकिएपनि भुक्तानी प्रकृया ठप्प छ ।
स्थानीय विकास अधिकारी तुलसीवहादुर श्रेष्ठले पनि गाविस सचिव लामो समयसम्म सम्पर्कमा नआएको स्विकार गरे ।
“उनी किन र कसरी वेपत्ता भए खोजी गर्ने र लापरवाहि गरेको ठहरिए कानूनी कार्वाहि सँगसँगै हुन्छ श्रेष्ठले भने ।”
पाँचथरका प्रहरी प्रमूख दिपक पोखरेलले पनि सचिव निरौला वेपत्ता भएको भन्दै उनको खोजी कार्य शुरु गरेको वताएका छन् ।


  •  
  •  
  •