सप्तरीका सुरक्षा प्रमुख तानिए

106
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन  (ओएनएस) : सरकारले सप्तरीका प्रमुख दुई सुरक्षा प्रमुखलाई केन्द्रमा झिकाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरेर सीडीओ उद्धवप्रसाद तिमल्सिना र एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाउन निर्देशन दिएका छन् । हिजोको सप्तरी घटनाबारे जानकारी लिन बोलाइएको बताइएको छ ।

सोमबार प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोलीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । करिब २० जना घाइते छन् ।


  •  
  •  
  •