भट्टराईको सचिवालय भन्छ, ‘बाबुरामले अनाश्वयक सुरक्षाकर्मी लिएका छैनन्’

133
  •  
  •  
  •  

काठमाडौँ, १२ जेठ(ओएनएस) : नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीको हैसियतमा अनावश्यक सुरक्षाकर्मी नलिएको उनको सचिवालयले स्पष्ट पारेको छ । पूर्वपदाधिकारीहरुले अनावश्यक रुपमा सुरक्षाकर्मी लिएको र दुरुपयोग गरेको समाचारहरु आएपछि सचिवालयले अनावश्यक सुरक्षाकर्मी नलिएकोबारे स्पष्ट पारेको हो ।

स्वकीय सचिव विश्वदीप पाण्डेद्वारा जारी गरिएको प्रेस नोटमा भनिएको छ, ‘गत असोजदेखि (नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि) हालसम्म डा. बाबुराम भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अगुवा र पछुवा गाडी समेत प्रयोग गर्नुभएको छैन । उहाँले प्रयोग गर्ने गाडीमा नै एक जना नेपाल प्रहरीबाट र एक जना सशस्त्र प्रहरी बलबाट गरी दुई जना सुरक्षा अधिकृत लिएर हिँड्ने गर्नुभएको छ ।’

यस्तै, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उहाँको सुरक्षाका निम्ति सरकारको निर्णय र नियम विपरित सुरक्षाकर्मी खटाइएको भए तत्काल नियमविपरित खटिएका सुरक्षाकर्मीहरू फिर्ता गरी नियम र निर्णयअनुसार मात्र सुरक्षा प्रदान गर्ने बन्दोबस्त मिलाउन नेपाल सरकारसँग आग्रह गर्दछौँ ।’

PressNote-Jeth12-baburam


  •  
  •  
  •