पेशावर आक्रमणले भारतमा भुईँचालो

190
  •  
  •  
  •  

india-flagकाठमाडौ, २ पुस(एजेन्सी) : पेशावर हमलापछि भारत पनि शतर्क भएको छ । गृह मन्त्रापयले आज सबे राज्यहरूमा सुरक्षा संयन्त्रलाई अलर्ट रहन निर्देशन जारी गरेको छ ।

पेशावरमा एक विद्यालयमा भएको आतंकवादी हमलाको असर भारतमा पनि देखिन थालेको छ र भारत सरकारले जनवरी महिनाभरी सतर्क रहन सुरक्षासंयन्त्रलाई आज निर्देशन जारी गरेको हो ।

यतिमात्र नभई मंगलबार सबै विद्यालयको सुरक्षासँग जोडिएका निमयहरूलाई सही तरिकाले पालन गर्नका लागि निर्देशन दिएको छ । यसका साथै विद्यालयमा पढ्ने आफ्ना बालबालिकालाई यदी कुनै पनि हमला भए कसरी बच्ने भन्ने आधारभूत ज्ञान दिन परिवारहरूसँग आग्रह गरिएको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् ।

पेशावरको वरसाक सडकस्थिय सैनिक विद्यालयमा मंगलबार हतियारधारी हमलाकारीले आत्मघाती आक्रमण तथा गोलाबारी गर्दा कम्तिमा १ सय ४१ जना मारिएको बताइएको छ भने १ सय ३० जना घाइते भएको समाचारहरूमा जनाइएको छ ।


  •  
  •  
  •