यस्तो छ सार्कको सुरक्षा व्यवस्था,

155
  •  
  •  
  •  

काठमाडौं १० मंसिर ।
राजधानीमा सुरु हुने सार्क सम्मेलनका लागि सरकारले बलियो सुरक्षा ब्यवस्था गरेको छ । सार्क सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभाग समेत गरेर झण्डै २६ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सार्क दौरान राजधानी भित्र कुनै अपि्रय घटना हुन नदिने जिम्मेवारी लिएका निकायहरुले संयूक्त काम गरिरहेको गृह प्रवक्ता लक्ष्मी प्रसाद ढकालले बताए ।

राजधानी छिर्ने ४ वटै मुख्य नाकाहरु काठमाडौंको नागढुंगा, बालाजु माथीको तिनपिप्ले, फर्पिङ र भक्तपुरको जगातीमा नियमित चेकजाचको काम गरिरहेको छ । मोटसाईकल, सार्वजानिक भाडाका साधनहरु, ट्रकहरुको चेकिङ गरिरहेको छ । साथै ति नाकाहरुमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।

सशस्त्र प्रहरी बल र नेपाली सेनाले पैदल गस्ती सुरु गरिसकेका छन् । कम्तीमा १५ जनाको समुह बनाएर राजधानीका गल्लीहरुमा यि सैन्य र अर्ध सैन्य बलको टोली हिडीरहेको भेटिन्छ । नेपाल प्रहरी र गुप्तचर बिभागको टोली सादा पोशाकमा शंकास्पद क्षेत्रहरुमा गएर सुचना संकलन गर्ने र शंकास्पद देखिने ब्यक्तिहरुको सुचना संकलन गरिरहेका छन् । त्यसका साथै सार्कमा शहर सुन्दर पार्न सरकारले रङ लगाएका भित्तामा राती वा सुरक्षा निकायको आखां छलेर कसैले केहि लेख्न नदिन र पोष्टर टांस्न नदिन समेत सुरक्षा हेरिरहेको छ ।

ठमेलको फेस्टुन होटलमा शुक्रबार दिउसो सादा पोशाकका ४ जना प्रहरी आए । उनीहरुले होटलको रिसेप्सनका कर्मचारीलाई होटलमा बस्ने ग्राहकको नाम र ठेगाना सोधिरहेका थिए । ‘तपाईहरुलाई दुख दिन खोजेको होईन, सुरक्षाका लागि यो सबै गरेका हौं’ त्यहाँ आएका एक सुरक्षाकर्मीले भने ‘अन्यथा नसोच्नु होला, यसरी दिनुहँ आउने भनेको सार्क सम्मेलन भरी मात्र हो ।’

अचेल राजधानीका ठमेल, बागबजार र सुन्धारा लगायतका प्राय सबै जसो होटलमा स्थानीय प्रहरी कार्यालयबाट प्रहरी गएर नियमित चेकजाच गरिरहेका छन् । होटलमा बस्ने ग्राहकको संख्या कति छ ? को कहिले आएको हो ? के प्रयोजनलाई आएको हो ? कति दिन बस्छ ? र उसको नियमित दिनचर्या के छ ? जस्ता प्रश्नको जवाफ खोज्ने गरेका छन् । त्यसरी बसेका ग्राहकको ब्यवहारमा केहि शंका लागे उनीहरुले तिनलाई रिसेप्सनमा बोलाएर सोधपुछ गर्छन् । त्यसरी उपत्यकाका काठमाडौं, ललितपूर र भक्तपुर प्रहरीले झण्डै २ सय जनालाई सोधपुछ गरेको छ।

ति मध्ये दुई दर्जन भन्दा बढि अहिले हरेक दिन प्रहरी कार्यालयमा हाजिर गर्न पुग्छन् । ‘यस्तो बेलामा सुरक्षासंग जोडिएका जस्ता सुकै सुचनालाई पनि नजरअन्दाज गर्न सकिदैन’ ति अधिकारीले भने ‘यस्तो होला, उस्तो होला भनेर खोज्न तर्फ लागिन्छ ।’बिभिन्न देशका शरणार्थीहरु आएर बसेका स्थानमा समेत प्रहरीले नियमित निगरानी गरिरहेको छ । यूएनएचसिआरले राखेका शरणार्थी क्याम्प आसपास सीतापाईला, मण्डिखाटार लगायतका स्थानमा नियमति निगरानी गर्ने गरेको छ ।

कमाण्ड कन्ट्रोल आर्मी अफिसर्स क्लबमा सार्क सुरक्षाका लागि बनाइएको चार वटै सुरक्षा निकायको कमाण्ट कन्ट्रोल नेपाली सेनाको भद्रकाली स्थित आर्मि अफिसर्स क्लबमा राखिएको छ । नेपाली सेनाका बलाधिकृत रथि पवनजंग पाण्डे संयोजक रहेको उच्च स्तरिय सुरक्षा समितीले प्राय हरेक दिन जसो उप समितीहरुबाट बि्रफिङ लिने गरेको छ ।

सुरक्षाकै लागि मात्र बिभिन्न नामका १५ वटा उपसमितीहरु छन् । ति उपसमितीहरुले आफूले पाएको जिम्मेवारी र गरेको कामका बिषयमा जानकारी गराउँंछ । समितीका सदस्यहरुले चित्त नबुझे वा सुरक्षा ल्याप्सेस देखिए तुरुन्त सुधार गर्न सल्लाह दिने गरेका छन् । समितीमा पाण्डेका साथै गृहमन्त्रालय शान्ती सुरक्षा महाशाखा प्रमुख सहसचिब लक्ष्मी ढकाल, नेपाली सेनाका रथि भिक्टरशम्शेर जबरा, नेपाल प्रहरीका अत्तिरिक्त महानिरीक्षक गणेशराज राई, महानगरीय प्रहरी आयूक्त कार्यालय प्रमुख बिज्ञानराज शर्मा, सशस्त्र प्रहरी बलका अत्तिरिक्त नायब महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, प्रेम शाही, गुप्तचरका अत्तिरिक्त नाब महानिरीक्षक दिलिप रेग्मी, छन् ।

त्यहाँ चार वटै सुरक्षा निकायका सञ्चार सेटहरु राखिएको छ । नेपाल प्रहरीको काठमाडौं भित्रको कुनै एउटा चौकीमा प्रहरीले सेटमा बोलेको कुरा कमाण्ड कन्ट्रोलमा बसेका अधिकारीहरुले सहजै सुन्छन् । अन्य निकायको पनि त्यसरी नै राखिएको छ । ‘यसले सुचना आदान प्रदानमा सहजता ल्याएको छ’ नेपाली सेनाका एक अधिकारीले भने ‘सार्कको सुरक्षासंग जोडिएको कुरा भए, अब के गर्ने भनेर

निर्णय गर्न सहज हुन्छ ।’

भीभीआईपी जाने क्षेत्रमा निगरानी

सार्कमा सहभागि हुन आउने अतिबिशिष्ट ब्यक्ति -भीभीआईपी)हरु सहभागि हुने र जाने कार्यक्रम स्थल आसपासमा सुरक्षा निगरानी बढाइएको छ । निवास, समारोह स्थल देखी अन्य क्षेत्र आसपासका घर धनी, भाडामा बस्नेहरुको ब्यक्तिगत बिबरण लिएको छ । ‘घरधनी को हो ? भाडामा को को बस्छ ? के काम गर्छ, सबै सुचना लिइसकिएको छ’ एक सुरक्षा अधिकारीले भने ‘यसले सार्कमा त मदत गर्छ नै,

त्यसपछि समेत प्रहरीलाई धेरै मदत हुन्छ ।’ त्योसंगै भीभीआईपीहरु बस्ने होटल, समारोह स्थलका कर्मचारीको समेत ब्यक्तिगत बिबरण लिएको छ । सोल्टी होटल, राष्ट्रिय सभागृह, ट्रमा सेन्टर, लगायतमा काम गर्ने कर्मचारीको बिबरण लिइसकिएको छ । ‘कहिले देखी काम गरेको ?, घर, ठेगाना, पुरानो अपराधिक बिबरण छ छैन जस्ता कुरा लिइएको छ’ अर्का एक अधिकारीले भने ‘त्यो भन्दा पनि राजनैतिक आश्था के मा हो बढि ध्यान दिइएको छ ।’

त्यस्ता स्थलमा काम गर्ने कार्यालय सहयोगी, सवारी चालक देखी म्यानेजरसम्मको बिबरण लिइएको छ । गत साउनमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी आउदा ब्यवस्थापन गरिएको सुरक्षाले नेपाली सुरक्षा निकायलाई ‘रिहलसर्ल’को मौका भएको अर्का अधिकारीले बताए । ‘सबै भन्दा बढि सुरक्षा चुनौती भएका मोदीको भ्रमणमा मिलाइएको सुरक्षा ब्यवस्थाले यो पटक धेरै मदत गर्यो’ ति अधिकरीले भने ‘यो पटक एउटाको ठाउंमा ६ जना आउन लागेका मात्र हुन् ।’ सार्कमा पर्यवेक्षकका रुपमा आउने अन्य मुलूकका अधिकारीहरु बस्ने स्थलमा समेत बलियो सुरक्षा ब्यवस्था मिलाइएको छ । पर्यवेक्षकहरु दरबारमार्गको याकएण्ड यति होटलमा बस्दैछन् । यस्तै कुटनैतिक नियोगका पदाधिकारीहरु बस्ने अन्य होटल, ग्राण्ड, प्लाटिनियममा बस्दैछन् । मिडीया सेन्टर बनाइएको लाजिम्पाटको र्‍याडिसन होटलमा समेत सुरक्षा बलियो छ । कान्तिपुरबाट


  •  
  •  
  •  

Comments are closed.