२० जना सचिब एकै पटक घर फर्किए

206
  •  
  •  
  •  

काठमाडौं, ९ साउन  (ओएनएस)  : शुक्रबारबाट विभिन्न मन्त्रामलय र निकायका २० जना सचिबले अनिवार्य अवकाश पाएका छन् । शुक्रबार पदावधि सकिएपछि सचिबहरुले अनिवार्य अवकास पाएपछि २० वटा निकाय सचिबविहिन बन्न पुगेका छन् ।

शुक्रबारदेखि अवकाश पाउने सचिवहरुमा सहरी विकास मन्त्रालयका सचिब किशोर थापा, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिब सुशील घिमिरे, वन मन्त्रालयका सचिब गणेशराज जोशी, युवा तथा खेलकुद मन्त्रालयका सचिब प्रतापकुमार पाठक, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिब दिनेशहरि अधिकारीले छन् ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिब केशवप्रसाद भट्टराई, लोकसेवा आयोगका नाथुराम चौधरी, उद्योग मन्त्रालयका सचिब कृष्ण ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब प्रविण मिश्र, राष्ट्रिय सूचना आयोगका सचिब श्रीराम पन्त छन् ।

यस्तै राष्ट्रिय सतर्कता केन्द्रका सचिब हरिप्रसाद नेपालले साउन ५ गते नै अवकाश पाइसकेका छन् भने महालेखा परीक्षकको कार्यालयकी सचिब विमला सुवेदीले साउन २७ गते अवकाश पाउनेछिन् ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले अवकाश पाएकै दिन दुईजनालाई राजनीतिक नियुक्ति गरेको । शुक्रबार अवकाश पाएका सचिब युवराज भुसाललाई प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । उनी अर्थ मन्त्रालयको सचिवबाट शुक्रबारै अवकाश भएका हुन् । यस्तै शुक्रबारै अवकाश पाएका मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटालाई प्रशासन सुधार सुझाव आयोगको अध्यक्षमा नियुक्त गरिएको छ । बास्कोटाले स्वेच्छिक राजीनामा दिएका थिए ।

साउनमा रिक्त भएका सचिवहरुको ठाउँमा सरकारले बरिष्ठतम सहसचिवमध्येबाट कामु दिनुपर्नेछ । ती ठाउँमा नयाँ सचिबको सिफारिस तथा नियुक्ति पुस मसान्तमा मात्र हुने व्यवस्था छ । असारसम्म रिक्त सात सचिबमा लोकसेवा आयोगले १७ सहसचिबको सिफारिस गरिसकेको छ । १७ जनाबाट सातजनाको नियुक्ति गर्नुपर्नेछ ।


  •  
  •  
  •