फेरि सचिव सरुवाको तयारी, कानुनमन्त्रीका कारण न्याय सेवा प्रभावित

437
  •  
  •  
  •  

काठमाडौँ, १३ माघ(ओएनएस) : चार सचिवको बढुवा र पदस्थापन गरेको हप्ता दिन नबित्दै सरकारले फेरि सचिव सरुवाको तयारी गरेको छ । आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट सचिव सरुवाको निर्णय गराउने तयारीमा केही मन्त्रीहरू रहेका छन् । तर, मुख्यसचिव सोमलाल सुवेदीले भने सचिव सरुवाको एजेन्डाबारे आफूलाई थाहा नभएको बताएका छन् ।

prem-kumar-rai-and-dinesh-thpaliyaस्रोतअनुसार, सूचना तथा सञ्चार मन्त्रालयको रिक्त पदमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेश थपलियालाई सरुवा गर्ने तयारी भइरहेको छ । थपलिया स्वयं भने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा जान इच्छुक छन् । उनी स्थानीय विकास तथा स्वायत्ततासम्बन्धी अनुभवी तथा विज्ञ समेत मानिन्छन् । तर, सञ्चारमन्त्री शेरधन राईले थपलियालाई आफ्नो मन्त्रालयमा लैजान विशेष जोड गरेको स्रोतको भनाइ छ ।

थपलियाको ठाउँमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका सचिव प्रेमकुमार राईलाई पर्यटनमा सरुवा गर्न खोजिएको छ । राई पनि अडान रहने सचिवका रुपमा परिचित छन् । यसअघि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरिसकेका छन् ।

त्यसो त भर्खरै बढुवा भएका सचिवहरूले पनि विभागीय मन्त्रालय ताकिरहेका छन् । उनीहरूमध्ये एकजना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र चार जना क्षेत्रीय प्रशासक छन् ।

यसअघि ८ मंसिरमा सरकारले चार कामु सचिवलाई बढुवा र पदस्थापन गरेको थियो । बढुवा भएका चन्द्र घिमिरे घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, शशिशेखर श्रेष्ठ मध्यपश्चिम, लक्ष्मी ढकाल मध्यमाञ्चल र शंकर कोइराला पश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा पदस्थापन भएका छन् । मुकुन्द घिमिरे सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा पदस्थापन भएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव श्रीधर सापकोटालाई लोकसेवा आयोगमा सरुवा गरिएको छ ।

कानुनमन्त्रीका कारण न्याय सेवा प्रभावित

agni-kharelन्याय, कानुन तथा संसदीय मामिला मन्त्री अग्नि खरेलको गृहजिल्ला भ्रमणको कार्यक्रमले न्याय सेवा आयोगको बैठक प्रभावित भएको छ । आज बस्ने भनिएको बैठक मन्त्री खरेलका कारण बस्न नसक्ने आयोग स्रोतले जनाएको छ । आयोगको आगामी बैठकमा न्याय सेवाका केही उच्च अधिकृतहरूको बढुवा गर्ने तयारी छ ।


  •  
  •  
  •