भारतको चरित्र विश्व सामु नागिंदै : सचिव ज्ञवाली

128
  •  
  •  
  •  

भक्तपुर, ३० कात्तिक(ओएनएस) : नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भारतले लगाएको अघोषित नाकाबन्दीले भारतको चरित्र विश्व सामु उदांगिँदै गएको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रमा उनले द्वन्द्वका समयमा समेत रोक्न नमिल्ने अत्यावश्क वस्तुहरुको निर्यातमा तराई आन्दोलनको बहाना बनाएर लगाइएको नाकाबन्दी अन्तराष्ट्रिय मान्यता विपरित भएको बताएका छन् ।

भारत भित्र र विश्वभर भारतले गरेको नाकाबन्दीको तिब्र विरोध भइरहेपनि नरेन्द्र मोदी र भारतका केही राजनीतिज्ञहरुको अहमताका कारण तत्कालै नाकाबन्दी नखुल्ने भन्दै ज्ञवालीले इन्धनको भन्दा पनि औषधिको निर्यात रोकेर भारतले पारवाहन सन्धिको उल्लंघन गर्दै अमानवीय व्यवहार प्रदर्शन गर्नु मानवता विरोधी क्रियाकलाप भएको टिप्पणी गरेका छन् ।

भारतले गरेको नाकाबन्दी पश्चात चीनसँग गर्न थालिएको इन्धनको सम्झौतामा नेपाल आयल निगमको कमजोरी, केही कर्मचारीको नियत खराब रहेको र केहीमा कार्यदक्षताको कमी भएकाले समेत सम्झौताले तिब्रता पाउन नसकेको भन्दै उनले भने, ‘चीनसँगको इन्धन सम्झौतामा बेइमान गर्ने निगमका कर्मचारीलाई कारवाहिको दायरमा ल्याउने सरकारले प्रतिबद्धता ब्यक्त गरेको छ ।’ नेपाल सरकारले विभिन्न मुलुकबाट इन्धन आपूर्तिका लागि विकल्प समेत खोजी रहेको उनले बताए ।

इन्धनको अभावलाई मध्यनजर गर्दै सरकारले गरेको दाउरा वितरण दीर्घकालिन समस्या समाधानको उपाय नभएता पनि यसले केही भए पनि राहत दिने भएकाले सरकारले दाउरा वितरण प्रक्रिया अघि बढाएको उनको भनाई छ ।

तराई आन्दोलनले तराईको भविष्यलाई नै अन्धकार तर्फ धकेलेको भन्दै ज्ञवालीले भने, ‘यो कस्तो आन्दोलन हो जसले आफ्नै नागरिकको भविष्य अन्धकार पार्दै छ । नेपालीको समस्या नेपालीले नै समाधान गर्ने भएकाले वार्ताको माध्यमबाट तत्काल समस्याको सम्बोधन गर्न समेत मधेशी दलहरुलाई आग्रह गर्दछु ।’

काँग्रेसले भद्र सहमतीको पालन नगरी ठूलो गल्ति गरेपनि राष्ट्रियताको सवालमा, संविधान जारी पश्चात कार्यान्वयनको पक्षमा, भुकम्प पश्चात पुनर्निमार्णमा र नेपालले भोग्नु परेको नाकाबन्दीको सवालमा सबै राजनीतिक दलहरुसँगको सहकार्यतामा सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

सरकारको आयु छोटो छ भन्नेहरुले देशलाई उधोगतितर्फ धकेल्ने प्रयास जारी राखेको भन्दै अहिलेको सरकारले स्थानीय निकायको निर्वाचन, आमनिर्वाचन र संविधानको कार्यान्वयन गर्न पूर्ण सफल रहने भएकाले यो सरकार आयु कति छ भन्ने सहजै बुझ्न सकिने उनको तर्क थियो ।


  •  
  •  
  •