संयुक्त राष्ट्र संघ भन्छ: पारवहन अधिकार हनन भयो

170
  •  
  •  
  •  

Ban-Ki-Moonकाठमाडौँ, २५ कात्तिक(ओएनएस) : संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमाथि लगाइएको नाकाबन्दीका कारण नेपालको पारवहन अधिकार हनन भएको बताएका छन् ।

महासचिव वानका प्रवक्ताले बुधबार न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा वानको भनाई राख्दै नाकाबन्दीले मानवीय संकट उत्पन्न भएको बताएका छन् । वानले नाकाबन्दी तत्काल हटाउन आग्रह समेत गरेका छन् । उनले पहिलोपटक भूपेरिवेष्ठित मुलुकका रुपमा नेपाल पाउनुपर्ने स्वतन्त्र पारवहन अधिकार हनन् भएको प्रतिसमेत चिन्ता जनाएका छन् । उनले भने, ‘भूपेरिवेष्ठित मुलुकका रुपमा नेपालले स्वतन्त्र पारवहन अधिकारको उपभोग गर्न पाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।’

महासचिव वानको यो भनाईपछि भारतले नेपालको पारवहन अधिकार हनन् गरेको बिषय अन्तराष्ट्रिय समुदायमाझ पुगेको छ ।

नेपाल–भारत सीमामा भएको अवरोधका कारण इन्धन आपूर्ति रोकिएकाले भूकम्प पीडितको उद्दारमा समेत असर परेकोमा महासचिवले चिन्ता व्यक्त गरे । इन्धन आपूर्ति नहुँदा हिमाली क्षेत्रमा जाडो बढिरहेका बेला भूकम्पपीडितलाई खाद्यान्न, लत्ता कपडा पुर्‍याउन असजिलो भएको मानवअधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरुले पहिले नै बताइसकेका छन् ।


  •  
  •  
  •