राष्ट्र सङ्घका उपमहासचिव फेल्ट्म्यान राजधानीमा

71
  •  
  •  
  •  

Under-Secretary-General_Jeffrey_Feltmanकाठमाडौँ, २९ पुस (ओएनएस) : संयुक्त राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्ट्म्यान नेपालको तीनदिने औपचारिक भ्रमणमा मंगलबार राजधानीमा आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्र सङ्घ महाशाखाका प्रमुख एवम् सहसचिव ताराप्रसाद पोखरेल र यहाँस्थित राष्ट्रसङ्घीय आवासीय समन्वयकर्ता जिमी म्याक्गोल्ड्रिकले स्वागत गरे ।

उनले मंगलबार संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी ओली र प्रधानसेनापति गौरवशमशेर जबरासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •