सरकारद्वारा १७ जनालाई सहसचिवमा बढुवा

98
  •  
  •  
  •  

काठमाडौं, १५ पुस (ओएनएस) :  सरकारले १७ जनालाई  सहसचिवमा बढुवा गरेको छ । कार्यसम्पादन र जेष्ठताको मूल्यांकनका आधारमा १७ जना उप-सचिवहरु सहसचिवमा बढुवा  भएका छन् । निजामती सेवा ऐन अनुसार गठित बढुवा समितिको बैठकले उनीहरुको बढुवा गरेको हो । बढुवा हुनेमा एक जनाबाहेक सबै प्रशासन सेवाका रहेका छन् ।

बढुवा हुनेमा प्रशासन सेवाका

माधवप्रसाद गड्तौला,
राजु थापा,
काशीनाथ मरासिनी,
ऋषिराम शर्मा,
विष्णुराज लामिछाने,
सागरमणि पराजुली,
मनोहरप्रसाद खनाल,
केशवप्रसाद रेग्मी,
विष्णुप्रसाद ढकाल,
विष्णुप्रसाद पोखरेल,
शम्भुप्रसाद घिमिरे,
शंकरप्रसाद पौडेल,
बलदेव गौतम, मेघनाथ काफ्ले,
धु्रवराज जोशी र
पशुपतिनाथ आचार्य रहेका छन् ।

परराष्ट्र सेवातर्फ गणेशप्रसाद ढकाल एक जनामात्रै रहेका छन् । बढुवा भएकाहरुलार्ए कानुनी व्यवस्था अनुसार ३५ दिनभित्र पदस्थापन गरिनेछ ।


  •  
  •  
  •