दादुरा रुवेला विरुद्धको दोस्रो चरणको खोप अभियान गर्दै

387
  •  
  •  
  •  

काठमाडौँ, २४ माघ(ओएनएस) : सरकारले दादुरा रुवेलाविरूद्वको दोस्रो चरणको खोप अभियान सुरू गर्दैछ । दोस्रो चरणको अभियान आगामी फागुन ९ गतेदेखी १७ गतेसम्म चल्नेछ । अभियान अन्तर्गत सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चलका ३३ जिल्लामा दादुरा रुवेला विरुद्वको खोप लगाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

पहिलो चरणमा भुकम्पबाट अति प्रभावित १४ जिल्लामा खोप अभियान संचालन गरिएको थियो । दोस्रो चरणमा भने ३३ जिल्लाका १८ लाख भन्दा धेरै बालबालिकालाई दादुरा र रुवेला विरुद्वको खोप दिइने बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकन्द गौतमले जानकारी दिए ।

दादुरा–रुबेलाको खोप नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई दिने गरिन्छ । यो अभियानसँगै सरकारले जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा पनि खुवाउने भएको छ । देशका धेरै ठाउँमा एक पटक खोप लगाइसकेका बालबालिकामा फेरि पनि दादुरा र रुबेला देखिएकाले खोप लगाउन सरकारले अभिभावसँग आग्रह गरेको छ । सन् २०१९ सम्म नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्यका साथ सरकारले खोप अभियान थालेको हो ।


  •  
  •  
  •