धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयको तीन दिने स्पष्टीकरण

146
  •  
  •  
  •  


काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोधेको छ।

ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयसम्बन्धी सत्यतथ्य के हो भन्ने विषयमा तीन दिनभित्र स्पष्टीकरण दिनका लागि मन्त्रालयले निर्देशन दिएको हो।

मंगलबार बोर्ड अध्यक्ष ढुंगानाले आईपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको १० हजार कित्ता सेयर आफ्नो छोरीको नाममा किनेको समाचार बाहिर आएको थियो ।

ढुंगानाले भित्रि कारोबार गरेको भन्दै यो विषयमा प्रमाणसहित समाचार छापिएको र सोसम्बन्धी अर्थ मन्त्रालयले छानबिन गर्नुपर्ने आवाज उठेपछि मन्त्रालयले तीन दिने स्पष्टीकरण सोधेको हो।


  •  
  •  
  •