काठमडौं ९ बैशाख(ओएनएस) : श्रीमतिको स्वास्थ्य उपचारका लागि सिदल्ली पुगेका कांग्रेसका सभापति शेरबहादुर देउवाले दिल्लीमा राजनीतिक भेटवार्ता थालेका छन् । विना तालिका दिल्ली पुगेका भनिएका कांग्रेसका सभापति देउवाले तालिका मिलाएर सत्तापक्ष र विपक्षी दलका नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । उनले बिहीबार बिहान भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । नेपाली कांग्रेसको सभापति नियुक्त भएपछि पहिलो पटक भारतमा रहेका देउवाले भारतीय उच्च नेतासँग छलफल गरेका हुन्।
भेटमा संविधान कार्यान्वयनको अवस्था , मधेसी मोर्चाले राखेको माग, भूकम्पपछिको पुनःनिर्माणका विषयमा भारतले चासो राखेको छ । सभापति देउवाले सबैकुरा साचे अनुसार नभएको र मधेसी मोर्चासँग आफुले एकल वार्ता पनि थालेको जानकारी गराएको उहाँ निकटस्रोतले जनाएको छ। सभापति देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने तयारी छ । देउवाले दिल्ली उड्नु आफ्नो भ्रमण राजनीतिक हुने प्रतिक्रिया दिएका थिए। आरजुको उपचार नयाँ दिल्ली, गुरगाउँस्थित फोर्टिज अस्पतालमा उपचार भइरहेको छ